
गोरखा । छोरी बलात्कारको आरोपमा गारखा पालुङटार नगरपालिका–८ का ३७ वर्षीय बाबु र ३२ वर्षीय काका पक्राउ परेका छन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सोधपुछ गर्दा बाबु र काकाबाट बलात्कृत भएको खुलेको प्रहरीले जनाएको छ ।
आरोपित दुवैलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो । ३७ वर्षीय बाबुले विगत दुई वर्षदेखि बालिकालाई ललाईफकाइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । पीडित बालिकाको ३२ वर्षीय काकाले २०७७ साल कार्तिकमा फकाइ फुलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।
पीडित बालिका गत वैशाखमा बिरामी परेपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । तर निको नभएपछि असार २७ गते काठमाडौं थापाथलीस्थित प्रसूति गृह पुर्याइएको थियो । उपचारको क्रममा बालिकाको पाठेघरमा समस्या देखिएपछि पीडितको फुपूले बालिकालाई फकाइफुलाई सोद्ध्दा बाबु र काकाबाट बलात्कृत भएको बताएकी थिइन् ।
पीडितको फुपूमार्फत नै साउन २२ गते प्रहरीमा उजुरी दर्ता भएको डिएसपी दाहालले बताए । उनका अनुसार पीडित बालिकाको आमाले दुई वर्षअघि दोस्रो विवाह गरिसकेकी थिइन् । आइतबार आरोपितविरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




