जनकपुरधाम । सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । ३१ साउनदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७, रानीगञ्ज निवासी १६ वर्षीयप्रियंका भुजेल मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको शव लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोला छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेकी प्रियंकाको हत्या गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

‘‘प्रियंकाको हत्या गरेर शव गाडेको दुबैले स्वीकार गरेका छन्’ डीएसपी बुढाथोकीले भने, ‘हत्याको कारण खोज्ने प्रयास भइरहेको छ ।’ किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताएका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार