टोकियो/जापान । गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानले’Covid-19 Current issues,tele health & vaccination’(कोभिड -१९ करेन्ट ईस्युज, टेलिहेल्थ एण्ड भ्याक्सिन्सन)बारे सम्बन्धित विज्ञहरुसंग अनलाईनमा आधरित एक कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए जापानका महासचिव सिदार्थ श्रेष्ठका अनुसार,यहि अगस्ट २९ तारिख जापानको समय साँझ ७ बजेबाट ९ बजेसम्म अनलाईन ( जुम) मार्फत आयोजना गरिनेछ । एनआरएनए जापानकै सचिव एलिजा केसी भण्डारीले संयोजन गर्ने यस कार्यक्रममा डाक्टर प्रभात अधिकारी,डाक्टर सुमन श्रेष्ठ,जिज्ञान कुमार थापा, सुशिला पौडेल र एनआरएनए जापानकै उपाध्यक्ष संगिता अधिकारी सुवेदीको सहभागीता रहनेछ ।

कार्यक्रम पछिल्लो समय जापानमा बढिरहेको कोभिड महामारी र नेपाली समुदायमा भित्र देखिएका संक्रमण, जापानमा उपलब्ध स्वास्थ्य सेवा र पहुँच तथा कोभिड खोप र यसका बारेमा रहेका विविध भ्रमहरु लगायतका विषयहरुमा चर्चा गरिनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार