{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1630715581764","origin":"unknown","fte_sources":["276135311001201"],"used_sources":"{"version":1,"sources":[{"id":"276135311001201","type":"ugc"}]}","premium_sources":[],"is_remix":true}

टोकियो/जापान । गैरआवासायी नेपाली संघ( एनआरएनए) जापानको दशौँ महाधिवेशन निर्वाचनमा धाँधली भएको विषयमा नेपाल सरकार पराराष्ट्र मन्त्रालयले एनआरएनए आईसिसिलाई ५ दिनभित्रमा सत्य/तथ्य जानकारी पठाउन निर्देशानुसार अनुरोध गरेको छ ।

गत जुलाईमा सम्पन्न भएको एनआरएनए जापानको अनलाई निर्वाचनमा अनलाईन प्रविधिको चरम दुरुपयोग गरिएको आरोप सहित पराजित उम्मेदवारहरुले अध्यक्ष मण्डल समक्ष उजुरी दिएपछि, अध्यक्ष मण्डलद्वारा संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन छानवविन समिति गठिन गरि, छानबिन अघि बढाएको थियो । छानबिन समितिले पनि ग्रुप मेलको दुरुपयोग, भोटरहरुको ईमेल परिवर्तन, जापानभन्दा बाहिरका मुलुकबाट मतदान भएको लगायतका प्रमाणहरु सहित निर्वाचन धाँधलीपूर्ण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
यस्तो छ, परराष्ट्रको पत्र

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार