काठमाडौं । गएराति देखिको लगातारको वर्षासँगै आएको बाढीले काठमाडौंको खोला किनारका बस्ती नराम्रोसँग प्रभावित भएका छन् ।बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशी खोला लगायतका नदीहरुमा बाढी आएको छ । सो बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ ।

बल्खुको तरकारी बजार पूरै डुबानमा परेको छ । गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । उनीहरु घरभित्र पसेको पानी फाल्न व्यस्त देखिन्छन् । शंखमुलको खोला किनारको सडकसम्मै बाढी आएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु बढी प्रभावित भएका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई उद्धार गरिएको छ । बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार