सांकेतिक तस्विर

बुटवल । विवाह गर्ने प्रलोभन देखाउँदै घरमा लगेर झण्डै डेढ महिनासम्म एक किशोरीको यौन शोषण गर्दै आएका बर्दियाका एक युवक प्रहरीद्वारा पक्राउमा परेका छन् ।

मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगरलाई १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका हुन् ।

निजले विवाह गर्छु भन्दै साउन २४ गते ती किशोरीलाई घरमा लगेर राख्दै असोज ६ गते सम्म उनको यौन शोषण गरेको र त्यसपछि आफूमाथि यौन शोषण मात्रै गर्न खोजिएको किशोरीले चालपाई अभिभावकसहित जबरजस्ती करणीको मुद्दा दर्ता गरे पछि मगरलाई पक्राउ गरिएको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

विवाह गर्छु भन्दै कहिले ललाई फकाई यौन शोषण त कहिले कुटपिट धाक धम्की समेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको एसपी कार्कीले बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार