{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632997080655","origin":"unknown","fte_sources":[],"used_sources":"{"sources":[{"id":"286918218015900","type":"premium"}],"version":1}","premium_sources":["286918218015900"],"is_remix":false}

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन सम्पन्न भए पश्चात अभियन्ताहरु २ भागमा विभाजित भएका छन् । चुनावमा पराजित भएका पक्षले निर्वाचन निष्पक्ष नभएको भन्दै छाबिनका लागि माग गरेपछि गठित छानविन समितिले निर्वाचन ‘धादलीरहित’ हुन नसकेको निष्कर्ष निकाल्यो । छानविन समितिको प्रतिबेदनले २ हजार ९०४ मतलाई संकास्पद भन्दै सिंगल इमेलबाट ४ हजार ८५३ मत खसेको र यो सख्या ७६ प्रतिशत हुन आउने बताएको छ ।

छानबिन समितिले आफ्नो प्रतिबेदनमा समेटेका १५ बुँदा सुझाब भित्र अर्को निर्वाचन गराउनु या यो निर्वाचन बाट निर्वाचित पदाधिकारीलाइ मान्यता नदिनु भनेर उल्लेख गरेको छैन बरु उसले निर्वाचन नियमावली २०२१ को हवाला दिदै परिक्षद २ को ‘ग’ लाइ रातो घेराले ‘हाइलाइट’ गरेको छ । उक्त रातो घेरा भित्रको बुदामा भनिएको छ ‘यो नियमावलीमा नसमेटिएका र निर्वाचन सम्बन्धी कुनै विवाद शृजना भएमा निर्वाचन समितिको निर्णय अन्तिम हुनेछ ।’

निर्वाचन समितिको निर्णय अन्तिम हुने कुरालाई स्वीकार गरेपनि प्रतिबेदनले ४ हजार ८५३ मतलाई आधार मानेर निर्वाचन सदर गर्ने कि २ हजार ९०४ मतलाई आधार मानेर निर्वाचन बदर गर्ने भन्ने कुरामा केही बोलेको छैन । तर पनि यहि प्रतिबेदनलाइ आधार मानेर एनआरएनएको अन्तराष्ट्रिय समन्यव परिषदमा लेखित उजुरी परिसकेको र यो बिषय अदालतमा समेत प्रवेश गरिसकेकाले आइसीसी र अदालतको निर्णय कुर्नुनै उपयुक्त हुन्छ जस्तो लाग्दछ ।

एनआरएनए जापानमा २ पक्षबीचको विवाद उत्कर्षमा पुग्दै गर्दा केही दिन अघि मैले एउटा समाचार लेखेको थिए ‘एनआरएनए जापानको खाता बाट करिब २ करोड ५० लाख गायब खातामा ४७० यन मात्र ।’ आइसीसीमा उजुरी दिंदा यो समाचारलाइ कोड गरेर हामीलाई ‘समाजका कलङ्क’ को संज्ञा दिएको रहेछ। लिखित उजुरी सबै पढे र हस्ताक्षरकर्ता सबैको ‘फेस’ सम्झे । सबै अत्यन्तै आत्मीय र अग्रजहरु हुनुहुन्छ । फेरी त्यो समाचारलाई कोड गरेर लेखेको भाषा ? म आफै अचम्म परेको छु ।

अघिल्लो कार्यसमितिका बरिष्ठ उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष अनिता गुरुङलाइ एउटा अन्तर्वार्तामा सोधेको थिए ‘कोषाध्यक्ष कालिका थापाले बन्दशत्रमा पेश गरेको प्रतिबेदन पास भएको हो ?’ उहाको जवाफ थियो ‘त्यो त पास हो नि । मैले पनि माने प्रतिबेदन पास भएको हो, त्यसो भए अधिबेशन (साधारण सभा होइन) को बन्दशत्र बाट पास भएको प्रतिबेदनमा उल्लेखित रकम सम्बन्धित खातामा हुन पर्छ कि पर्दैन ? मेरो प्रश्न यो हो र समाचारले भन्न खोजेको पनि यही थियो । आर्थिक प्रतिबेदन भनेको के हो ? त्यो किन अधिबेसनको बन्दसत्रमा पेश गरिन्छ ? यति कुरा थाह छ कि छैन भन्ने अर्को प्रश्न हो ।

विवाद छ, त्यसैले अहिलेको कार्यसमितिलाई मान्यता नदिन तपाइहरुले पाउनुहुन्छ तर कोषाध्यक्षले एनआरएनएको खाता नम्बर १३४३१५६१ मा २ करोड ४७ लाख ७५ हजार ९६३ यन मौजदात छ भनेर आफ्नै सदस्यहरुलाई जानकारी गराएको कुरा भुल्न मिल्छ ? कि अधिबेशनको बन्दशत्रमा पेश गरिएको प्रतिबेदन झुट थियो ? के तर्क गर्नुहुन्छ आउनुहोस, खुल्ला बहस गर्न तयार छु । नया कार्यसमितिलाई तपाइहरुले मान्यता नदिदा सम्म अधिबेसनबाट भङ्ग भैसकेको कार्यसमितिलेनै आर्थिक कारोवार गर्न पाउने हो ? होइन भने रकमान्तर किन भयो ?

मैले समाचार लेख्नुपूर्व बैंकको पासबुक मेरै आखाले हेरेको थिए र ओसाकामा पेश भएको आर्थिक प्रतिबेदनमा उल्लेख गरेको विवरण पनि पढेको थिए । त्यसपछि निवर्तमान कोषाध्यक्षलाइ फोन गरेर सोधे, एनआरएनएको खाता नम्बर १३४३१५६१ मा ४७० यन मात्रै देखियो तपाइको प्रतिबेदनमा २ करोड ४७ लाख मौजदात छ भनेर उल्लेख गरिएको छ, पैसा कहाँ गयो ? उहाको जवाफ थियो ‘बैंकको खातापाता म संग छ कसले भन्यो तपाइलाई ? कसले कसरी थाह पायो, जसले भनेको हो उसैलाई सोध्नुस ?

मैले फेरी प्रश्न गरे ‘तपाई त्यतिबेलाको कोषाध्यक्ष हो, तपाई भन्नुस न प्रतिबेदनममा उल्लेखित रकम सम्बन्धित खातामा छ कि छैन ? त्यसपछि उहाको जवाफ थियो ‘पैसा सम्बन्धित खातामै छ, कसैले झिकेको छैन, बाँकी तपाइलाई जसले भनेको हो उसैलाई सोध्नुस। (यो भनाइ समाचारमा पनि कोड गरिएको छ र उहा संगको कुराकानीको, अडियो सुरक्षित छ ।)

मैले समाचार लेखेपछि आइसिसिमा गएको उजुरीमा ‘सुरक्षाका लागि अर्कै खातामा रकम स्तान्तरण गरिएको’ भन्ने व्यहोरा लेखिएको छ । अब मलाई भन्नुस त कोषाध्यक्ष ज्यू ‘पैसा सम्बन्धित खातामै छ’ भनेर मलाई फर्काउनु भएको जवाफ झुट हो या आइसीसीको उजुरीमा उल्लेख गरिएको ‘सुरक्षाका लागि अर्कै खातामा रकम स्थानतरण’ भन्ने कुरा झुट हो ? दुई वटै सत्य हुन सक्दैन होला नि ? अनि कुन खातामा कति रकम स्थान्तरण गरिएको हो त्यसको प्रमाण किन पेश नगर्नु भएको ?

अन्तमा: कहिले पाखुरा सुर्केर त कहिले जालसाझी गरेर पद लिने कामको अन्त्य हुनै पर्छ । त्यसका लागि एनआरएनए को निर्वाचन स्वच्छ र धादलिरहित हुनुपर्छ भन्ने माग राख्दै आइसीसी र परराष्ट्र सम्म जसरि आवाज उठाउनु भएको छ यसलाई अझै बलियो बनाउदै लैजान पर्छ । तर याद राख्नुस सस्थागत सुधारको नेतृत्व गर्दै गर्दा तपाईहरुलाई पनि गल्ति गर्ने छुट कदापी छैन । समाचारको बिषयमा खण्डन गरे या बिज्ञप्ती निकालेर स्थान्तरण गरिएको जानकारी गराए मात्र सकिने ठाउमा समाजको कलङ्क सम्म भन्नु भएको छ यसप्रति मेरो गम्भीर आपत्ति छ त्यसैले सोध्न चाहन्छु बौद्दिक व्यक्तित्वहरुलाई म कसरी समाजको कलङ्क भएँ  ?

उत्तरको प्रतिक्षामा ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार