{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632999773649","origin":"unknown","fte_sources":["276135311001201"],"used_sources":"{"version":1,"sources":[{"id":"276135311001201","type":"ugc"},{"type":"premium","id":"286918218015900"}]}","premium_sources":["286918218015900"],"is_remix":true}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले १८ औँ एनआरएनए दिवस(NRNA DAY) को अवसरमा असाहय बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार,अक्टोबर ११ तारिख,नन्दा सिंङ प्रसाई र रमेश प्रसाई द्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्ययरत ९ जना छात्रा र तिनजना छात्र गरि बाह्र जना सुदुरपश्चिम दैलेख र कालिकोटबाँट ल्याईएका बालबालिकलाई १ वर्ष सम्म अध्ययनका लागि छात्रबृत्ति स्वरूप ३ लाख रुपैँया सहयोग गर्ने उद्देश्यले च्यारिटि फन्डराईजिग तथा दशै,तिहारको शुभकामना आदन-प्रदान सहित मनोरञ्नात्मक कार्यक्रम गरिने भएको हो ।

कार्यक्रम संयोजनको जिम्मा एनआरएनए जापानकी  उपाध्यक्ष संगिता अधिकारी सुवेदीलाई दिईएको छ । असाहय बालबालिकाहरुको शिक्षामा योगदान पुर्याउने उदेश्यले आयोजना गरिएको कार्यक्रम भएकाले एनआरएनएमा आवद्धता भएका तथा नभएका, जापान स्थित सबै नेपाली संघ/संस्थाहरु एवं प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागी हुन एनआरएनए जापानले अनुरोध गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार