{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633062583268","origin":"unknown","fte_sources":["331537211041201"],"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"286918218015900"},{"type":"ugc","id":"331537211041201"}]}","premium_sources":["286918218015900"],"is_remix":true}

यतिखेर, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषदको अधिवेशनको गौडधुप चलिरहेको छ ।यद्यपी पदका लागि चलिरहेको यो दौडमा अभियन्ताहरुले संस्था सुधार र विधि/विधानको कुरा केबल नारामै सिमित राखेका छन् । यसै सन्दर्भमा मैले एनआरएनए जापानको कार्यसमितिमा रहेको काम गरेको अनुभव तथा विश्वभरका एनआरएनए अभियन्ताहरुसंगको सम्बन्धबाट बुझेका केहि कुराहरु सुझावको रुपमा प्रस्तुत गर्न चाहन्छु ।
यहाहरु संग केहि सुझावहरु:-
१. एनआरएनएको स्लोगन” नेपालीको लागि नेपाली” मात्रले यसको अर्थ दोहोरो लाग्ने हुदा /राम्रो नराम्रो दुवै अर्थ लाग्ने हुदा एक हरफ थप गरि पुर्णता दिनु पर्ने!
२. निर्वाचित भएर कार्यसमितिमा पुगे पछि निजको भुमिका, कार्यक्षमता र कार्यगर्ने ईच्क्षाशक्ति को बारेमा थाहा नहुने साथै कार्यसमितिलाई नै असफल बनाउने भुमिका खेल्ने हुदा सवै सरोकारवाला ले थाहापाउने गरि कार्यसमितिको लाईभ मिटिङ गरिनु पर्ने।
३. “एकपल्ट को नेपाली सधैको नेपाली “भन्ने नारा संगै ,प्रवासमा रहुन्जेल “एक पल्टको एनआरएनए सधैको एनआरएनए” हुनु पर्नै र बर्षै पिच्छे फारम भर्ने हैन नविकरण गर्ने ब्यवस्था पनि हुनु पर्ने।
४. प्रवासमा अचानक मृत्यु भएका ब्यक्तिको पार्थिक शरिर उसको परिवार सम्म निशुल्क पुर्याउने ब्यवस्था गरिनु पर्ने।
५. एनआरएनए मा आउने बिभिन्न समस्या को निराकरण र उजुरीहरुको समयमै न्याय दिलाउन एक सर्वोच्च न्यायिक कमिटि को गठन गरि संस्थालाई बिवाद रहित बनाउनु पर्ने।
६. एक Ncc एक परियोजना लागु गर्नु पर्ने।
७. आर्थिक पारदर्शिताको लागि आर्थिक नियमावली तयार गरी लागु गर्नु पर्ने!
८. Ncc हरुको बिधान कार्यकालपिच्छे आफु अनुकुल परिवर्तन गर्दै लैजाने प्रवृद्धिको निराकरण गरि अझै प्रभावकारी बनाउन प्रसासनिक नियमावली तयार गरी लागु गर्नु पर्ने।
९. NRNA सदस्य २ प्रकारमा बिभाजन गरिनु पर्ने:-
क) नेपालको नागरिकता त्यागगरि बिदेशिएका नेपाली र
ख) नेपालको नागरिकता र पासपोट सहित भएका नेपाली हरु को सदस्यता को प्रकार फरक हुनु पर्ने:

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार