{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633319282061","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"id":"286918218015900","type":"premium"},{"type":"premium","id":"243173517047900"},{"type":"premium","id":"351174718074900"}]}","premium_sources":["243173517047900","286918218015900","351174718074900"],"is_remix":false}

पुदिनाको चटनिसॅंग र खुदोसंग कोदाको रोटि खाएको सपना देखिरहेको थिय । संगै छोरि सुतेकि थिईन म भन्दा पहिले जागेकि रहेछिन मेरो कुनै रेस्पन्स नपायर होला नबुझिने भाषामा बोलाईरहेकि रहिछन् कोट्याउदै बोलाउदै गर्दा झल्यास्स जागें । छोरिको मामु चाजोपाजो मिलाउदा मिलाउदै सुतेको २ घण्टा पनि भएको थियन त्यसैले होला अझै मस्त निन्द्रामै थिईन् ।
आलाराम लगाउन बिर्सेको म मेरि ज्ञानि लक्ष्मि छोरिले उठाउदा ४:५५ भएको थियो । लामो समयका लागि कर्म देश छोड्न लागेकोले कोठालाई चिरिच्याट्ट पार्दै फ्रेस भए । संयोग बस जापान आजै ठुलो हावा हुरि चल्ने कारण ट्रेन बस लगायत यातायातमा अबरुद्ध हुन सक्ने खबर जापान समाचारका गोकोर्ण अधिकारिको पोष्टमा देखे पछि मन आत्तियो । साथिहरु रोहित आचार्य सपना घिमिरे र टोपलाल गिरिले ७ बजे तिर स्टेसन सम्म पुर्याउन जाने बाचा सहित बेलुकै टुट्टियका थियौ । ताईफुका कारण छिट्टो आफ्नो यात्रा तय गर्नु पर्ने भए सॅंगै तिन जना लाई नै फोन गरे २ जना साथिको फोन रिसिफ भो । ६ बजे आईपुग्नु भो । छिटो हिड्नु पर्ने कारण बताय पछि उहाहरुको सहयोगमा आलो पालो गर्दै सुड्केस लतार्दै टोकियो स्टेसन पुगियो । ट्रेन बन्द हुने हल्ला संगै बसमा नारिता बाट्टिने निधो गरे । त्यहा नेर १५/२० मिनट जति बस स्टेसन भेट्टाउन अल्लि गाह्रो भएको थियो । त्यतिबेला ७:१० भैसकेको थियो । ७:२० को लागि १३०० यनको टिकट काटि बस चढियो । बसमा क्यास पैसाले काम नगर्दो रहेछ । कि सुईका कि टिकट नै चाहिदो रहेछ ।८:२५ मा नारिता टर्मिनल २ पुगियो । कुन गेट बाट छिरियो कुन्नि बस रोकेको सिधै अगाडि बाट छिर्दै गर्दा नेपाल यएरलाईन्स लेखेको , राष्ट्रिय झण्डा लगायत अरि परि सबै प्यारा नेपाली दाजु भाई दिदि बहिनि देख्दा बिहानि पखको सपनिमा आमाले पकायको कोदोको रोटि र पुदिनाको चटनि फेरि याद आयो ।

प्रदेश प्रदेश नै हो । केहि दृष्यले मन भक्कानियो । त्यहा ४०/४२ बर्षको एक जना हात फ्याक्चर भएको दिदि , ३०,३५ बर्षको हात फ्याक्चर भएको दाई र अर्को एक जना नेपाल मै गएर मुखको अपरेसन गर्ने भन्दै लाईनमा उभिनु भएका दाजुलाई देखे । मनमनै दशैको बेला दशा लागेछ भने । म पनि सामान चेक जाचको लागि लाईनमै बसे । बिजनेस कलासका यात्रुको लागि लाईन बस्नु नपर्ने छुट्टै ब्यबस्था रहेछ । नेपाल यएर लाईन्सको लागि बिजनेस कलासको अनुभव र आराम दायि यात्राको लागि बिजनेस कलास मेरो पहिलो च्वास रोजाई बनेको थियो । सर्विस र यात्रा कस्तो भयो भन्ने बारे अन्तिम सम्म पढ्नु होला ।

८ :३५ मै हाम्रो सामान चेक जाच भैहाल्यो । बच्चासंग हेन्ड क्यारि बोकिरहन को झन्झटले सबै सामान बाल्कुनिको लागि पठायौ । पछि डिपाचर्समा ह्यान्ड क्यारि काण्ड मच्चियो । त्यो के थियो बिस्तार उल्लेख गर्दै जाने छु । चेकिंगको क्रममा नेपाल एयरलाईन्सको तर्फबाट जापानका लागि आजु लामा सॅंग भेट भयो । एउटा फोटा लिन्छु भनेको हतार हतारमा त्यतिबेला बिर्सिय । पछि भेट हुन पायन । आजु लामा जि पनि भ्याक्सिन पासपोर्ट र पिसि आर रिपोर्ट चेक गर्न अति नै ब्यस्त हुनुहुन्थ्यो । त्यो लगत्तै हामि बोडि चेकिंगका लागि तैयार भयौ ।

अघिल्लो बर्ष नेपाल जाने क्रममा नारिताको फ्लाईट क्यान्सिल भएको खबर गर्दै ट्राभल कम्पनिले हानेदा सरेको खबर गरेको थियो । हानेदा जादा फ्लाईट छुटेको थियो । त्यतिबेला नारिताको लागि नेपाल यएरलाईन्स अझै सुरु भएको थियन । अरु कुनै एयर लाएन्स थियो । त्यो घटना नदोहोरियोस भनेर चेकिंकका लागि जिबन संगिनि पुनमले ट्वालेट जान सम्म दियकि थिईनन् । र बोडि चेकिंगका लागि भित्र ठ्याक्क छिर्ने आजु जिको फोन आउने भयो । डिपाचर्स पछि प्लेनमा नजादा सम्म कुनै खानेकुरा हरु किन्ने खाने ठाउ नभएको जानकारि गराउनु भएको थियो ।अझै हतारिनु समय छ भन्दा भन्दै पनि पुरानो घटनाले हामिलाई तर्सायकै थियो । भित्र छिर्यौ । बोडि चेकिंग पछि ईमिग्रेसनमा रि इन्ट्रिका केहि टकुमेन्ट्रि पेस गर्नु पर्ने रहेछ । त्यो काम पछि गेट नं ९३ मा बोर्डिगको लागि पर्खाईमा थियौ । १०:३० भैसकेको थियो । पोखरेल नारायणको सुडकेसमा एरोप्लेनमा बोक्न नमिल्ने सामान भएकोले ९३ गेटमा तुरुन्त संपर्क हर्नु हुन अनुरोध छ भन्दै एनाउन्स गरियो । आफुले त्यस्तो कुनै सामान नबोकेको भएपनि साथिहरुले के के पो राखिदिय भन्ने डर ले भुतुक्कै भए । गेटमा पुगे । खाबान आउदा सम्म कुर्न भनियो । कुरे । डर झन झन बढि रहेको छ ।

एकै छिनमा झोला डिपाचर्समै आयो । सुडकेस नै होला भन्ठानेको थिय हैन रहेछ । माथि बाट संगै लाने झन्झटले बाल्कुनि मै पठाएको त्यहि हेन्ड क्यारिमा मोबाईल बेट्रि परेछ । खोलेर झिके । र आफुले आफै यस्तो गर्न हुन्न भन्ने कुरा खुब जानेको जस्तो लाग्थ्यो । एकै छिन लज्जित भए । सिर न्युरायरै सुमिमासेन गोमेन्नासाई जापानिज भाषामा भन्दै मज्जाले माफि मागें । मेरै कारण कति झन्झट भयो होला भने जस्तो लाग्यो । करण थियो बच्चा संगै हेन्डक्यारि बोक्ने झन्झटले बाल्कुनिमा पठाउनु । म यो माथिको सबै कुरा बताउनु को कारण अबको यात्रामा तपाईलाई थप चनाखो हुन सहयोग पुगोस् ।

त्यसै समयमा आजु जि संगको कुराकानि र आफैले देखेको कुरा यात्रुहरुले कोरोना भ्याक्सिन पासपोर्ट बनायकोले पनि पिसिआर नगर्नु भएको पाईयो । कसैले नबुझायर होकि भ्याक्सिन नलगाउनु भएको हरुले होटल बुक नगर्नु भएको केहि चेकिंगमा परामर्स गर्दैमा ब्यस्त हुनुहुन्थ्यो । त्यसै गरि भ्याक्सिन पासपोर्ट भएको हरुले पनि होटल बुक गरेको पनि देखियो। भ्याक्सिन पासपोर्ट बनाएका हरु नेपालमा सिधै घरमा जान पाईन्छ भन्ने थाहा नभएको प्रष्ट बुझिन्थ्यो ।त्यसो त टिकट काट्ने ट्राभल्स कम्पनिहरुको लापर्बाहि हो कि यात्रुहरुको बुझाई कम हो ? कुन्नि । सबै बुझाई दिनु पर्ने हो ।तर तपाईले आफ्नो यात्रा गर्दा आफैराम्रो सॅग बुझ्नुहोला।

घडिमा १०:४५ बजि सकेको थियो । बिजनेस कलास र इकोनोमि कलास त्यसै गरि प्राथमिकता दिनु पर्ने यात्रिलाई लाईनमा बस्न भनियो । बिजनेस कलास र प्राथमिकताका लागि अगाडि बोलाईय पनि कुन लाईनमा को बस्ने छुट्याईएको थियन । एकै छिन अलमल परियो । त्यतिकैमा एक जना जापानिज स्टापले छुट्ट्टा छुट्टै लाईन मिलाउनु भयो ।
स्क्रीन हरुमा ११:०० बजे नै बोर्डिंग समय तालिका लेखियको भए पनि ११:०५मा एयर क्राप्ट सर्बिसको लागि १० मिनट ढिला हुने अनाउन्स भयको थियो । ११:१५मा नारिता एयरपोर्ट अन्तरगत नेपाल जानको लागि ९३ नं को गेट खुल्यो । हामि पासपोर्ट र टिकट देखाउदै भित्र छिर्यौ । सिमसिम पानी परेको थियो । हाम्रो देशको प्लेन देखियो । मन हर्ष लाग्यो ।टाढाबाट प्लेन सहित को फोटो खिच्ने हरु धेरै हुनुहुन्थ्यो । तर प्यासेन्जर बोर्डिंग ब्रिचको सिसामा पानि परेको ले फोटा प्रष्ट आएका थियनन् ।
म सबै भन्दा अगाडि अगाडि हिडेको थिय । प्लेनको ढोका बाट प्रबेश गर्दा ११:२० भएको थियो । परिचालिका सिस्टर ढोकामै कक पिट साईडमा उभिएर नमस्कार गर्दै स्वागत गरेको कति राम्रो देखिन्थ्यो ।

घडिमा ११:३५ बजेको थियो । जुस कुनचाहि लिनुहुन्छ । भन्दै कति राम्रो संग स्वागत गर्नु भएको थियो । प्लेन उडानको लागि इन्जिनियर , प्लेनका लागि पानी भर्ने स्टाफ , बोर्डिंग सकियको नसकियको जानकारि गराउने स्टाप हरु बेला बेलामा खै के के चिप प्यासेन्जर संग साईन गराउन प्लेनको ढोका नेर आईरहनु भएको थियो । ढोका प्रबेश गरि सके पछि अगाडिकैसिटमा हामि भएको ले सबैसंग भेट्न बोल्न पाउदा म दंग थिय । त्यतिकैमा क्याप्टेन बिजय लामा सर आउनु भयो । छोटो कुराकानि भयो । बिहान ल्यानंडिंग गर्दा हावा हुरिका कारण प्लेन हल्लियर समस्या परेको अनुभव सुनाउनु भयो ।एयरपोर्टमा प्लेन बसाल्न अप्ठ्यारो परेका कारण झन्डै ओसाका जान लागेको अनुभव बताउनु भएको थियो । परिचय चिनाजानिसॅंगै फोटो खिच्ने काम पनि गर्यौ । त्यसो त बिजय सर संग भर्चुअल माध्यमबाट पहिलेनै चिर परिचित थियौ । उहां आबद्ध संस्था न्यानोपन संग काम गर्दा लामो समय कुराकानि र सरसल्लाह गरेका थियौ । कोरोना महामारिको बिचमा हेल्पिंग ह्याण्ड जापान टिम संग एउटा फेसबुक लाईव अनलाईन कार्यक्रम पनि गरेका थियौ । युट्युबमा अहिले पनि हेर्न सकिन्छ। त्यो कार्यक्रम गर्दा सर संग जुम भिडियोमा लामो समय कुरा भएको भन्दा प्रत्यक्ष भेट्दा अझै मज्जाको हुनुहुदो रहेछ । संगै बसेर आकासमा कुरा गर्दै फोटा खिच्दै यात्रा गर्दा खुव आनन्द आयो । क्या मज्जा आयो ।

अं साच्चि प्लेनले ११:४२ तिर स्पोट बाट तोईंग भयो । स्पोर्ट छोडेको थियो । कति बजे जमिन छोड्छ भनेर घडि हेरेर बसेको थिय । ११:४८मा प्लेनले रन वे छोड्यो । पानी परेको र बादल लागेकोले आकासबाट टोकियोको दृष्य देख्न पाईएन । १२ : १५ मा नै चिकन ,राईस,भेजिटेबल जुस कुन कुन के के लिनुहुन्छ भन्दै सोध्न आउनु भयो । त्यो हाम्रो लागि सेकेण्ड सर्बिस थियो । बच्चाको लागि पनि दुध को लागि ब्यबस्था गरिदिनु भयो । १२:५५ तिर पहिले अडर लगे अनुसार सबै रेडि बनाएर ल्याईदिनु भयो । अडरमा सोधिएको भन्दा बाहिर चुकन्दर काजु किसमिस त्यसैमाथि केक बिस्कुट ले चिकन र फ्राई राईसलाई कति मिठो स्वाद थपेको थियो । प्लेट कप रुमाल हरु मा नेपाल एयरलाईन्स लेखेको दृष्यले खानालाई हेर्दा थप आहा बनायको थियो । खाना बिस्तारै नेपाली स्वादमा स्वाद मानि मानि समय लगाएरै खाना खाय ।
घडिमा जापानिज समय अनुसार १ बजेर ४० मिनेट गएको थियो । पुन परिचालीकाले चिया कफि ग्रिन टि के लिनुहुन्छ भन्दै मेरो सिट नजिकै आउनु भयो । म चाहि ग्रिन टि लिय ।

छोरि प्रिन्सु हाम्रै सिट अगाडि टागियको बेबि बस्नेत्तोमा सजिलो संग सुतेकि थिईन ।उनि सुतेकि भएकाले हामिले आन्नदले खाना खान पायौ । सिट लाई बटम दबायकै भरमा बिस्तारा बनाउन मिल्ने भएकाले म पनि त्यो सुबिधा लिदै सुतें । खासै निन्द्रा नपरेकोले कुनै एउटा मुभि हेर्ने निधो गरें । सुतेरै हेर्न मिल्ने भए पछि रोजि फिलिम र कमेडि हेरे तर टिक टक हेर्ने बानि भएर होला लामो समयको भिडियो हेर्ने बानि हरायछ जस्तो लाग्यो । त्यतिकैमा हेर्र्दा हेर्दै निदायछु निदायछु ।
३: १५ तिर बच्चालाई कुन खानाको कोर्ष भएकोले परिचालिकाले खुवाउने कि भन्दै सोध्न आउनु भयो ।

भात खुवाईको औपचारिकता टोकियो मै गरेको भएपनि संयोग बस ६ महिना पुरा पुगेको दिनको अबसर आजै परेकोले साच्चै भात खान सुरु आकासमै गर्ने आफ्नै देशको प्लेनमा गर्ने हुटहुटि चलेको थियो । छोरि भाग्यमानि भएर पनि होला । ६ महिना पुरा पुगेको दिन प्लेन मै नेपालयएर लाईन्सबाट बच्चालाई दिईने लिटो बाट खाना खान सुरु गरिन । त्यो कुरा पाईलट बिजय लामाले भिडियो खिच्नु भएको थियो ।सायद युट्युबमा देख्न पाईन्छ होला ।
क्याप्टेन लामाले नेपाल यएरलाईन्स यो जहाज हाम्रो देश हो । भन्दै गर्दा आकाश मै भए पनि आफ्नै देशमा भएको महसुस गरे । केहि दिन पहिले नेपालमा प्लेन को समाचारको कुराले सबैको मनमा डर को काडा गाडेको भए पनि पाईलट बिजय लामा लाई देखेपछि सबै निर्धक्क देखिन्थे । मलाई पनि यात्रा ढुक्क लागेको थियो । त्यसो त चालक दलका सबै जना प्रति मेरो उत्तिकै सम्मान छ । सबै जना कति मिठो फ्रेंयाक्लि बोल्नु हुदो रहेछ ।

बिचमा नागोया देखि बालुवाटारको सिस्टर ईसा केसि संगपरिचय भयो । उहांहरु नागोयामा परिवार सॅंगै बिजनेस गर्नु हुन्छ । सायद सबैले चिन्ने बिजनेस म्यान हुनुहुन्छ । उहांको हस्ब्यान्डको नाम के भन्नु भएको थियो कुन्नि बिर्सिय । दोहोर्यायर सोध्न अप्ठ्यारो लाग्यो । काठमान्डौ पुगेर सिधै चितवन हान्निने निधो गरेकोले अनिदो भईएला भनेर जबरजस्त सुते ।

जापानको समय अनुसार ४:४५मा अर्को सर्बिसको लागि परिचालिका आउनु भयो । चिया कफि के लिनुहुन्छ ? भन्दै कति मिठो सौहार्दता कति मिठो बोलि ।आफ्नै दिदि बहिनि जस्ता । म्याडम खाना लिनुहुन्छ कि ! छेउमै मेरि उनि थिईन । पुन : बच्चा खेलिरहेको छ है !पुमन : म एकै छिन पछि लिन्छु नानी सुताउछु अनि । तर मैले चाहि पालो दिनलाईको लागि खाना सुरु गरिसकेको थिय । त्यतिन्जेल मैले भोजन सकिसकेको थिय । घडिमा जापानको समय थियो १७: १० । कतिबेला मातृभुमिको माटो छुन पाईयला भनेर प्लेन भन्दा अगाडि अगाडि मन उडिरहेको थियो । मैले पनि अब कति समय छ नि काठमान्डौ पुग्न भनेर बोल्ने न्यु पारि सोधिहाले । अझै २ घण्टा बांकि रहेछ । १७:२५ मा रातो ड्रेसमा बिजय सर निस्कनु भयो । फ्लाईटमा सायद पाईलट हरुले आलो पालो ड्रेस चेन्ज गरेर आराम गर्नु हुदो रहेछ क्यारे । मनमा पाईलट र पाईलटका कामका कुरा सम्बन्धि धेरै जिज्ञासा थिय । तर जस्लाई हेर्यो कि आराम गरेर सुतिरहनु भएका कि त ब्यस्त नै हुनुहुन्थ्यो । यस पालि भने बिजय सरले भिडियो खिचिरहनु भएको थियो । खिच्दै पछाडि एकोनोमि क्लास तिर जानु भयो । सरका भिडियो हरु युट्युबमा धेरै नै हेरेको छु । सायद आज खिचेको पनि युट्युब कै लागि होला जस्तो लाग्यो । फर्केर आदा म र छोरिको बारेमा केहि सोध्नु भयो । छोटो कुरा पछि सर खै सायद ककपिट तिर जानु भयो ।
17:45 मा पुनमको लागि थप सोधपुछ गर्न आउनु भएका स्टापलाई केहि जिज्ञासा राख्न भ्याए । यो पालि जुस स्यान्डब्रिच जस्तै देखिने परिकार मित्र चाहि चिकिन र पिरो अचार स्वादिलो मिठो थियो । १८: ५० मा काठमान्डौ नजिक आएको जानकारि एनाउन्स गरियो । लौ अब त ।आईपुगियो जस्तो लाग्यो । म्यापमा हेर्दा इन्डिया र नेपालको सिमाना माथि प्लेन उडिरहेका थियौ । एकै छिन पछि प्लेनले आकाशमै ढल्कि ढल्कि गोलो एक फन्को मारेको थियो । घामको किरण एक पटम दाया पट्टि को झ्याल बाट र अर्को पटक बायाबाट म बसेको सिटमा आई पुगेको थियो । प्लेनले हाईट बाट तल तल झर्दा घरि घरि सिटमा आफ्नो सरिर नै नभएको महसुस हुदा सिरिंग हुन्थ्यो । सायदसंगै यात्रा गरेका हरुलाई पनि यस्तो भएहोला । त्यतिकैमा मेरो मोबाईल हातबाट खसेर सिटमुनि खै कता पुग्यो । झिक्ने प्रयास गरे तर सकिन । छेवैमा चिप प्यासेन्जर हुनुहुन्थ्यो सायद प्रज्ञा अर्याल उहाले पछि ईन्जिनियरलाई भन्छु भन्नु भयो । त्यति बेला त्यतिकै छोडे ।

मेरो मोबाईल र एप्पल वाचमा जापानको समय सेट भएकोले जापान कै समय अनुसार सबै यथार्थ कुरा तपाईलाई सेयर गरिरहेको छु । मेरो घडिको समय अनुसार संयोग १९ बजेर १९ मिनेट मा त्रिभुवन विमान स्थलमा प्लेन अबतरण गरेको थियो ।

त्यसको केहि बेर पछि मिठो आवाजमा एनाउन्स भयो कि “नमस्कार नेपाल एयरलायन्समा तपाईलाई स्वागत छ ।हामि अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमान्डौमा अबतरण गरेका छौ । स्थानिय समय अनुसार दिनको ४ बजेर १० मिनेट गएको छ । र बाहिरको तापक्रम २६ डिग्रि सेल्सियस छ । सिटको बेल्ट बाध्ने बत्ति ननिभे सम्म र जाहाज पुरा नरोकियसम्म सिट मै बसिदिनुहोला । माथिको सामान कक्ष खोल्दा बिसेष ध्यान पुर्याउनु हुन अनुरोध गर्दछौ । साथै बिदुतिय उपकरण प्रयोग गर्न सक्ने जानकारि गराउदछौ । बिमानबाट प्रस्थान गर्नु अगाडि आफ्नो सम्पुर्ण सामानहरु…… भएको सुनिस्थित गर्नुहोला । कप्तान एम डंगोल तथा अन्य उडान कर्मचारि हरु नेपालवायुसेवाबाट यात्रा गरिदिनु भएकोमा धन्यबाद प्रकट गर्दछौ र भबिष्यमा पनि सेवा गर्ने अपेक्षा राख्दछौ । नमस्ते ”

यो फ्लाईटमा एनाउन्स गर्ने परिचारिका थोरै चिल्लो कालि अनुहार भएकि राम्रि हुनुहुन्थ्यो । नेपालबायुसेवाको बारेमा नेपालीले नेपालिमा नेपाली कै लागि सुनायको यो माथिको भनाई म पनि आफै प्रत्यक्ष सुन्दै लुकि लुकि भिडियो गरिरहेको
थिय ।गल्ति भयो कि भन्ने लागेर कतै पोष्ट त गरेको छैन । तै पनि किन किन रेकर्ड गर्न मन लाग्यो । सायद नेपाली पन ले मन देखि नै हुटहुटि चलेको हुनु पर्छ ।सधै अन्य भाषामा सुनिने त्यो भनाई नेपाल कै गौरब नेपाल एयरलाईन्सको जाहाजमा सुन्न पाउदा राष्ट्रियताले पनि मन मुटु भिजेको थियो ।

१९:१९मा भुई टेकेको जहाज ओपन स्पोटमा १९ बजेर २९ मिनेटमा रोकियको थियो । स्पोट नं ५ मा रोकियको थियो ।सबै यात्रु झरिसक्नु भयो तर मेरो मोबाईल सिट मुनि फसेकोले कुर्नु पर्यो । फुटरेस्टमुनिको भुईमा बिछ्याईयको कार्पेट को पनि मुनि पट्टि पुगेकोले इन्जिनियर ले पनि सिट खोल्ने सामा ल्याउनु पर्ने भएकाले थोरै समय लाग्ने बताउनु भयो । १९ :५३ मा प्लेन बाट झरियो । नजिकै नेपालको सिमकार्ड बोक्नु भएकि बुटवलकि दिदि संग फोन गरेर आमालाई फोन गरे । काठमान्डौ आई पुगेको जानकारि सॅंगै बिहान देखेको सपनाको कोदोको रोटि र पुदिनाको अचार बनायर राख्न लगाय । भक्कानियको आवाजमा आजै आउ है छोरा घरमा भन्नु भयो खुसिले आफ्नै आखा रसाय फोन काटें।

सेवा सुबिधा सहितको रमाईलो, आरामदायी यात्रा को लागि नेपालवायुसेवा निगम प्रति धन्यबाद ।दिदै Good Job दिन चाहन्छु ।

अन्य बायुवेवा निगम बाट यात्रा गर्दा भन्दा नेपाल बायुसेवा बाट यात्रा गर्दा मलाई धेरै नै आनन्द आयो । मैले सोचेको सुनेको भन्दा फरक पाय । राम्रो पाय । समग्रमा अर्थपुर्ण आराम दायि यात्रा थियो । कमिकमजोरि हरु हुन सक्छन । केहि कमेन्ट गर्नु पर्ने कुराहरु पनि थिय । तर ति कुरा हरु म प्लेन भित्रै स्टापलाई नै अझै यस्तो सुबिधा थप्नु पर्छ भनेर सुनायको थिय । हामि नेपालीहरुको कमजोरि सामाजिक संजालमा भाईरल हुन्छन् । तर राम्रा कुरा छायामा पर्छन् । त्यसैले मैले पनि जे भोगे त्यो सबै संक्षिप्तमा समय घण्टा मिनेट संगै लेखेको छु ।

आफ्नो देश र राष्ट्रको कुनै पनि सेवा हामि आफै प्रबर्धन र सम्बर्धन गरेनौ भने कस्ले गर्छ ?
जय चन्द्र सुर्य🇳🇵
नारायण पोखरेल टोकियो
जैसिथोक गुल्मि

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार