{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633390010015","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । हिजो मध्यरातबाट समस्या देखिएको फेसबुक तथा फेसबुक मातहताको ईन्टाग्राम तथा ह्वाट्सएप्पको समस्या अझै पूर्णरुपमा समाधान भएको छैन ।

वास्तविक कारण के हो भन्ने नखुलाईएता पनि विश्वभरका फेसबुक, ईन्स्टाग्राम तथा ह्वाट्सएप प्रयोगकर्ताहरुको ति एप्सहरु नखुल्ले, खुलेता पनि नयाँ डेटाहरु अपडेट नहुने जस्ता समस्या महशुस गरेको बताईएको छ ।

जापानको सवालमा आज ( ०५ तारिख) बिहान १ बजेको आसपासबाट यस्तो समस्या देखा परेको थियो । यद्यपी बिहन ८ः३० बजेसम्म पनि यो समस्या पूर्णरुपमा समाधान भएको छैन । फेसबुकले वास्तविक कारण नबताएपनि केहि एप्लिकेसनमा समस्या देखिएको र यथाशीघ्र छिटो समाधान गर्ने बताएको छ । कम्पनीकै अनुसार बिस्तारै सेवा सुचारु हुन थालेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार