सामसङ र गुगल मिलेर आईफोनको डेटा नयाँ एन्ड्रोइड फोनमा सजिलै ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाएका छन् । पुरानो मोबाइल बाट नयाँ मोबाइलमा स्विच हुन अलिक झन्झटिलो हुन्छ ।
अझ आईफोनबाट एन्ड्रोइडमा जाँदै हुनुहुन्छ भने त झनै गाह्रो । मोबाइल नम्बर, फोटो, भिडिओ, एप, अकाउन्ट सबै ट्रान्सफर गर्नु पर्ने हुन्छ ।

एउटा अपरेटिङ सिस्टम भएको फोनबाट अर्को अपरेटिङ सिस्टम भएको फोनमा डेटा ट्रान्सफर गर्दा निकै समस्या आउँछ । गुगल र सामसङले आईफोन एटबाट स्लिक क्लाम्सेल डिजाइन र फोल्डिङ स्क्रिन भएको ग्यालेक्सी जेड फ्लिप थ्रीमा स्विच हुन निकै सहज बनाएका छन् ।
यसरी सजिलैसँग डेटा ट्रान्सफर गर्ने प्रक्रिया एउटा सानो प्लास्टिक एडप्टरमा निहित छ । एडप्टरमा एक छेउमा यूएसबी-ए कनेक्टर र अर्को छेउमा यूएसबी-सी कनेक्टर छ । जसले तपाईँलाई आफ्नो पुरानो आईफोनमा आफ्नो नयाँ फोन जोड्ने अनुमति दिन्छ ।
तपाईं यूएसबी-सीलाई आईफोन इलाभेन र ट्वेल्भ जस्ता नयाँ आईफोनहरूका लागि लाइटनिङ केबलको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।एडप्टरबाट फोटो, भिडिओ, फाइल, म्युजिक र वालपेपर ट्रान्सफर गरिसकेपछि आफ्नो पुरानो एप्पल फोनमा प्रयोग गर्दै आएको आईओएस एपहरूका लागि एन्ड्रोइडमा फ्रि भर्सन डाउनलोड गर्न पनि यसको प्रयोग गर्न सक्नुहुन्छ ।
एप्पलको मेसेजिङ सेवा आईमेसेजले एन्ड्रोइड फोनमा काम गर्दैन । तर यो एडप्टरको सहायताले आईफोनमा मेसेज हिस्ट्री, थ्रेडलाई नयाँ एन्ड्रोइड मोबाइलमा सजिलै ट्रान्सफर गर्न सकिन्छ । हालका लागि सीमित फोनहरूका लागि उपलब्ध यो सुविधा आगामी दिनमा अन्य मोडेलहरूका लागि समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




