{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633759510333","origin":"unknown","is_remix":true,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"type":"ugc","id":"331537211041201"}]}","premium_sources":[],"fte_sources":["331537211041201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को अधिबेशन तोकिएको समयमा नहुने करिव निश्चित भएको छ । अधिबेशन सम्पन्न भएका विभिन्न मुलुकमा उत्पन्न विवादका सन्दर्भमा परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पत्र लेखेपछि तोकिएको समयमा अधिबेशन नहुने निश्चित भएको हो।

एनआरएनए महासचिव डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयले पत्र पठाएको पुष्टि गर्दै समयमै अधिबेशन गर्न कठिन हुने बताएका छन् । उनले आफ्नो फेसबुकमा पोस्ट गर्दै भनेका छन्  ‘मैले पत्र प्राप्त गरिसकेको छैन तर अध्यक्षले दिएको जानकारी अनुसार पत्र प्राप्त भएको छ ।’

पत्रमा के लेखिएको छ प्रष्ट भैनसकेता पनि एनसिसिको महाधिवेशन अनिवार्य रुपमा जुलाई १-३१ तारिख सम्म सम्पन्न हुनु पर्ने र महाधिवेशन प्रतिनिधिहरुको विवरण  अगष्ट १५ सम्म सचिवालयमा पठाउनु पर्ने कुरा उल्लेख गरिएको छ । १ देखि ३१ सम्म अधिबेशन सम्पन्न नगरेका एनसिसिका हकमा के हुने भन्ने उल्लेख गरिएको छैन तर त्यसबारे आइसिसिले निर्णयले लिने बताइएको छ ।

‘अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका देशहरुमा जुलाई १ अघि या जुलाई ३१ पछि निर्वाचन भएको छ’ महासचिव डा. शर्माले भनेका छन् ‘जुलाईमा निर्वाचन हुन नसकेका एनसीसीहरुलाइ सदर गर्ने कि बदर गर्ने प्रश्न उठेको छ ।’  विधानको सर्वोच्चतालाइ कायम राख्दै निर्मम भएर निर्णय गरिने महासचिव डा. शर्माले उल्लेख गरेका छन् । यसबारे बैठक बसेर निर्णय गर्ने उनले बताएका छन् ।

निर्वाचन विवादित भएको जापानका सन्दर्भमा भने पत्रमा केही उल्लेख गरिएको छैन । आइसिसिको विधानले बिद्यार्थीलाइ एनआरएनएको सदस्य गराउन दिदैन तर एनसीसी जापानको विधानमा बिद्यार्थीले सदस्यता लिन पाउने उल्लेख गरिएको छ ।

असन्तुष्ट पक्षहरुले निर्वाचनलाइ अबैध भन्नुको एउटा अधार बिद्यार्थीले भोट गरेको कुरा पनि हो । आइसीसी र एनसीसी जापानको बिधान एक आपसमा बाझिएकाले आइसीसीले यसलाई कसरी समाधान गर्छ त्यो चाही हेर्न बाँकी छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार