काठमाडौं । दक्षिण कोरियाले आफ्नो देशमा अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि एक मौका प्रदान गरेको छ । कोरियाको कानुन मन्त्रालय अन्तरगत इमिग्रेशन सेन्टरले पूर्ण रुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुट दिनुका साथै भविष्यमा प्रवेशमा प्रतिबन्ध नलगाउने घोषणा गर्दै अर्काे मौका प्रदान गरेको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार यो नियम अक्टोबर १२ भित्र पूर्ण खोप लगाएका वा ३१ डिसेम्बरसम्म खोप लगाउनेको हकमा समेत लागू हुनेछ । यो नियम अपराधको आरोपमा प्रहरीमा बुझाइएका र कोभिड–१९ सम्बन्धी नियम उलंघन गरेको विदेशी नागरिकको हकमा पनि लागू हुनेछ ।

एक डोज जोन्सन वा डबल डोज फाइजर मोडेना वा एस्टाजेनिका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन पुरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छाड्दा पनि उल्लेखित नियमका लागि योग्न हुने दूतावासले जनाएको छ ।

यो योजना अक्टोबर १२ देखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने सूचनामा उल्लेख गरिएको छ । यो योजनाबाट अवैधरुपमा कार्यरत कतिपय नेपालीसहित विदेशी श्रमिक लाभान्वित हुने बताइएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार