{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1635551271685","origin":"unknown","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"sources":[{"id":"244817319062900","type":"premium"}],"version":1}","premium_sources":["244817319062900"],"fte_sources":[]}

टोकियो/जापान । यहि अक्टोबर ३१ तारिख जापानमा हुने एम्बेसी कप ( EMBASSY CU)क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई एनआरएनए जापानले २ लाख ४४ हजार येन सहयोग प्रदान गरेको छ ।


शुक्रबार आयोजित एक कार्यक्रममा खेलमा सफलकाको शुभकाना सहित खेलमा सहभागी हुनका लागि आवश्यक सो रकम हस्तान्तरण गरिएको हो । “एम्बेसी कप” क्रिकेट प्रतियोगितामा जापानमा रहेका युके, ईन्डिया, पाकिस्तान, बंगलादेश लगाएत अन्य देशका खेलाडी पनि सहभागी रहने छन।
सम्पुर्ण खर्च राजदूतावासले गर्नु पर्नेमा राजदूतावासले नगद सहयोग गर्न नसक्ने जानकारी गराए पछि खेलाडीहरू खेलमा सहभागी हुनबाट बन्चित हुन नपरोस भनेर खेलाडीहरूले आवश्यक रकम माग गरेर दिएको निबेदनलाई हेरी सम्पुर्ण लाग्ने खर्च उपलब्ध गराएईएको हो ।

कार्यक्रममा खेलाडीहरूलाई हौसला प्रदान गर्दै जितको शुभकामना मन्तब्य प्रमुख अथिती आईसिसि कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, पुर्व अध्यक्ष एवं संरक्षक ओम गुरूङ संघका उपाध्यक्ष राम थापा अनिल, संगिता अधिकारी सुवेदी र खेलाडीको तर्फबाट धन्यबाद एवं खेलाडीका समस्या क्रिकेट संघ जापानका अध्यक्ष भिम बिनम्र खत्रिले राखेका थिए ।

सहयोग संकलनको जिम्मेवारी एनआरएनए जापानका सचिव देवराज उप्रेतीलाई दिएको थियो। सहयोग रकम एनआरएनए जापान केन्द्र तथा क्षेत्रिय समितिको संयुक्त पहलमा प्रदान गरिएको हो । खेलाडीलाई सहयोग संगै खादा ओडाएर नेपाली झन्डा र एनआरएनएको झन्डा हस्तांतरण गर्दै बिदाई गरिएको थियो।
कार्यक्रमको सभापतित्व कार्यबहाक अध्यक्ष नबिन निउरेले गरेका थिए भने संचालन महासचिव सिद्धार्थ श्रेष्ठको रहेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार