{"source":"other","uid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1636295709833","origin":"gallery","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"sources":[{"id":"244817319062900","type":"premium"}],"version":1}","premium_sources":["244817319062900"],"fte_sources":[]}

काठमाडौँ । एनआरएनए जापानले १२ जना बालबालिकाहरुलाई १ वर्षको अध्ययन तथा जीवन यापन खर्च स्वरुप ३ लाख रुपैँया हस्तान्तरण गरेको छ ।

एनआरएनए जापानले,गोल्डेन गार्डेन इन्टरनेश्नल एकेडेमीॉा अध्ययनरत इनर भिजन नेपालका १२ जाना बिध्यार्थीलाई एक बर्षको स्कूलको रकम लत्ताकपडा र खाध्यान्न बापत ३ लाख रुपैँया प्रदान गरिएको हो ।सो रकम केहिदिन अघि एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेलले इनर भिजनका नेपालकी अध्यक्ष नन्दा सिंहलाई हस्तान्तरण गरेका हुन् ।

लोकप्रिय कार्यक्रम ईन्द्रेणी मार्फत हस्तान्तरण समारोहको दृश्य पनि प्रसारण गरिएको थियो ।कार्यक्रममा एनआरएन
ए जापानका अध्यक्ष शिब प्रसाद पौडेल , इनर भीजनकी अध्यक्ष नन्दा सिँह, विद्यालयका प्रोपाइटर प्रदीप भट्टराई तथा रमेस प्रसाईले आ- आफ्नो भनाई पनि राखेका थिए । कार्यक्रम आयोजक तथा वक्ताहरुले एनआरएन जापान तथा क्षेत्रीय समितिहरु एवं जापानबासी नेपाली र कार्यक्रम संयोजक संगिता अधिकारी सूबेदीलाई धन्यवाद व्यक्त गरेका थिए भने रमेस प्रसाईले एनआरएन जापान तथा जापानबासी नेपालीहरुको समाज सेवा प्रतीको उत्तरदायित्त्व देखेर प्रभावित भएको बताएका थिए । साथै इनर भीजन नेपालका बिध्यार्थीलाई पहिलो चोटी यसरी सहयोग प्राप्त भएको पनि उल्लेख गरेका थिए ।

यस अघि एनआरएनए जापानले सोहि सहयोग गर्ने घोषणा सहित एनआरएनए दिवसको अवसरमा एक च्यारिटी कार्यक्रमको आयोजना पनि गरेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार