
टोकियो/जापान । तपाई यदि जापानमा हुनुहुन्छ या कुनैदिन आउनुभयो भने यहाँका अधिकांस आविस्कार तथा सेवा/ सुविधाहरु देखेर मन मनै दंग पर्नुहुनेछ ।
जापानको विकास, प्रविधि, काम गर्ने संस्कार आदि सँधै जो कोहिलाई पनि जिज्ञासु बनाउन काफी छ । यहाँ मानिसहरुको दैनिक जीवनयापनलाई सहजीकरण गर्न प्रयोग हुने गरेका प्रविधी तथा काम गर्ने तरिकाहरु साँच्चै वर्णन गर्न लायक हुने गर्दछन् । आजको यस सामग्रीमा जापानका केहि रचनात्मक जीवनशैलीको चर्चा गर्नेछौँ ।
१.दमकल भित्र पनि दमकल
यो चित्रमा देखाईए जस्तै दमकल भित्र फेरि अर्को दमकल देखिनु जापानमा अनौठो कुरा होईन । आगलागि भएक सिंगो बजार नै खरानी हुँदा पनि एउटा दमकलको व्यवस्था नहुने गरिव राष्ट्रबाट आएका विदेशीहरुको लागि जापानको चुस्त दमकल सेवा र यसका विभिन्न रचानात्मक शैलीहरु अचम्म लाग्दो हुने गर्दछ । यो चाहीँ खास ठूलो बाटो भएको ठाउँसम्म ठूलो दमकल नै उपयोग गर्ने तर ठूलो दमकल जान नसक्ने ठाउँको लागि तत्काल उपयोग गर्न सकिने अवधारणा अनुसार बनाईएको दमकल हो ।

२.पारदर्शी शौचालय
जापानमा विश्वकै अनौठो पारदर्शी शौचालयहरु बनाईएका छन् । यस प्रकारको शौचालय चाहीँ जापानको राजधानी टोकियोको महानगर भित्र मात्रै उपलब्ध छन् । यो एउटा यस्को शौचालय जो भित्रको दृश्य सबै बाहिरबाट देखिन्छ ।यसबार् थप बुझ्न यो भिडियो हेर्नुहोस्
३.भवन भित्र सडक
जापानको एक सहरमा ठूलो अग्लो बिल्डिङ् भित्रबाट सडक बनाईएको छ । यो धेरै विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सफल छ । केहि रचनात्मक उपाय सहित मानिसहरुको दैनिक जीवनमा सहजता ल्याउने जापानी शैली गज्जब छ ।

४.भर्याङ् चढ्ने ट्रलीहरु
जापानमा नयाँ बनेका प्राय सबै ठाउँहरुमा लिफ्ट र स्केलेटरहरु छन् । तर पुरा ट्रेन स्टेशनहरु तथा घरहरुमा जहाँ लिफ्ट छैन, त्यहाँ यस्ता पांग्रावाला भर्याङ् सजिलै चढ्ने प्रविधिको प्रयोग भएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




