काठमाडौं । यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो ।
नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।
भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँबाट चन्द्रग्रहण देखिँदैन त्यहाँ सुतक पनि रहनेछैन, यो ग्रहको धार्मिक मान्यता पनि हुनेछैन । उनका अनुसार जहाँ जहाँ चन्द्र ग्रहण देखिनेछ, ती क्षेत्रमा मात्रै सुतकजस्ता धार्मिक मान्यता हुनेछ ।
पण्डित शर्माका अनुसार सन् २०२१ अघि यति लामो आंशिक चन्द्र ग्रहण २७ फेब्रुअरी १४४० मा पुर्णिमामा भएको थियो । १९ नोभेम्बर अर्थात् आजको चन्द्र ग्रहण पश्चिमी अफ्रिका, पश्चिमी युरोप, उत्तरी र दक्षिणी अमेरिका, एशिया, अष्ट्रेलिया र अटलान्टिक महासागरमा देखिनेछ । ग्रहणको मोक्ष चन्द्रोदयको समय अष्ट्रेलिया, इन्डोनेशिया, थाइल्याण्ड, भारतको पूर्वोत्तर भाग, चीन् र रुसमा देखिनेछ ।
के हो चन्द्र ग्रहण
जब पृथ्वी परिक्रमा गर्ने बेला सूर्य र चन्द्रको बीचमा आउँछ तब यी तीनै ग्रह एउटा सिधा लाइनमा आउँछ, त्यतिबेला चन्द्र ग्रहण हुन्छ । यस्तो स्थितिमा सूर्यको प्रकाश चन्द्रमासम्म पुग्न पाउँदैन र चन्द्रमा देखिँदैन । जब पृश्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ भने तब सूर्य ग्रहण लाग्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




