{"source":"other","uid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1637804940731","origin":"gallery","fte_sources":[],"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

टोकियो । लामो समय नया प्रवेशीलार्इ लगाएको प्रवेश प्रतिबन्ध हटाएसँगै जापानले १ दिनमा जापान प्रवेश गर्नेको संख्या बढाउदै ५ हजार पुर्र्याउने भएको छ । अहिले सम्म एक दिनमा ३ हजार ५ सय जनालाई प्रवेश खुल्ला गरेको जापानले भोलि शुक्रबार बाट लागु हुने गरी प्रतिदिन ५ हजार जनालाई प्रवेश दिने भएको हो ।

जापानले गत ८ तारिख देखि लामो समयको प्रतिबन्ध खुकुलो पार्दै बिद्यार्थी, ब्यबसायिक प्रायोजनका लागि छोटो समयका लागि जापान प्रवेश गर्न चाहाने बिदेशी र प्राबिधिक प्रशिक्षार्थीहरुका लागि प्रवेश खुल्ला गर्ने निर्णय गरेको थियो ।

जापान प्रवेश गर्नुपूर्व सम्बन्धित मन्त्रालयमा निबेदन दिनुपर्ने, जापान प्रवेशपछि विमानस्थलमा ३ दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने लगायतका नीतिहरु तय गरेको छ ।

विद्यार्थीहरुका लागि के हो प्रक्रिया ?

जापानले बिद्यार्थीहरुलाई प्रवेश खुल्ला गरेपनि पहिलेको जस्तो सजिलै प्रवेश पाउने छैनन् । सबैभन्दा पहिला सम्बन्धित बिद्यालयले जापानकै सम्बन्धित मन्त्रालय (जापान सरकारले तोकेको) मा निबेदन दिनुपर्नेछ ।

निबेदन दिएपछि पेस गरेका कागजपत्रहरु अध्यन गरी सम्बन्धित मन्त्रालयले अनुमतिपत्र (जसलाई जापानी भाषामा सिनसा जमी स्योउमेइस्यो भन्ने गरिन्छ) जारी गर्नेछ ।

बिद्यालयले अनुमतिपत्र प्राप्त गरेपछि उक्त अनुमतिपत्र बिद्यार्थीहरुलाई उपलब्ध गराउनेछ र प्राप्त अनुमति पत्र सहित सम्बन्धित व्यक्तिले जापानी दुतावासमा (नेपालको हकमा भिएफएस) भिषाका लागि आबेदन दिनुपर्ने हुन्छ। दुतावासले पासपोर्टमा भिषा दिएपछि मात्र जापान प्रवेशका लागि थप अरु प्रक्रियाहरु सुरु गर्नु पर्नेछ।

विद्यार्थीहरुले कहिलेबाट प्रवेश पाउनेछन ?

मन्त्रालयमा निबेदन दिएपछि अनुमति पत्र प्राप्त गरेदेखि सम्बन्धित देशमा उक्त अनुमति पत्र पठाउने र दुतावासको समय समेत समाबेस गर्दा डिसेम्बरको मध्यतिर बाट बिद्यार्थीहरु प्रवेश गर्न सक्ने जापानको सरकारी संचार सस्था एनएचकेले समाचारमा उल्लेख गरेको छ ।

एनएचकेको सहयोगमा

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार