काठमाडौँ । विश्वभरका रहेका नेपालीहरुको कृषि सम्बन्धी ज्ञान सिपलाई नेपाली बजारमा प्रयोग गर्न पहल गरिरहेको मुना बजारको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको छ ।

अनलाईन माध्यममा यहि नोभेम्बर २८ तारिख आईतबार साँझ ५ बजे ( नेपालको समय) हुने उक्त कार्यक्रममा,मुना बजारको माध्यमबाट भईरहेका कृषि सम्बन्धि विभिन्न प्रयासहरु जस्तैःकृषि सम्बन्धित युवा लक्षित कार्यक्रम,नेपाली उत्पादनलाई युवा लक्षित कार्यक्रम,मुना बजार प्रमोटर सेयर सदस्यता आह्वान तथा मुना बजारको कार्यप्रगती लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रम संयोजक दीपक कँडेलका अनुसार,मुना बजारका अध्यक्ष युवराज गुरुङ सहित,अन्य प्रोमोटरहरुका साथ, जापानमै कृषिमा विद्यावारिधी गरेका डा. योगेन्द्र घर्ती मगर र जापानमा कृषि व्यवसायबाटै विशिष्ट पहिचान बनाउन सफल कान्छा लामाको सहभागिता रहनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार