जापान। गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संस्थाभित्र देखिएको समस्याको समाधानको साचो राष्ट्रिय समितिमा रहेको बताएका छन् ।

डा. शर्माले शुक्रवार जापानबाट संचालित अनलाइन समाचार संस्था नेपालन्युजपोस्टडटकमसंगको एक सम्वाद कार्यक्रममा  १० औं महाधिवेशनमा जम्मा १० देशमा मात्र प्रतिनिधि छनोटमा विवाद रहेको बताए । शर्माले प्रतिनिधि छनोटको जिम्मा विधानले राष्ट्रिय समितिलाई दिएकोले आआफ्नो देशमा प्रतिनिधि मिलाएर ल्याएर आउन राष्ट्रिय समितिलाई आग्रह गरे । उनले राष्ट्रिय समितिका अध्यक्षहरुनै पक्ष र विपक्षमा विभाजन हुँदा विवाद झन बल्झिएको बताए ।

उनले गैरआवासीय नेपाली संघ सरकारी निकाय नभएको वताउदै संघका अग्रज र सदस्यहरुले पसिना बगाएर स्थापना गरेको स्वतन्त्र संस्था भएको बताए । उनले परराष्ट्र मन्त्रलायको पत्रले संस्थाभित्र राजनीतिक हस्तक्षेप गरेर विदेशमा रहेका गैरआवासीय नेपाली माथि अन्याय गरेको कारणले अदालतमा जान वाध्य पारिएको तर्क गरियो ।

गैरआवासीय नेपाली संघको विवाद अदालतमा पुगे पछि संस्थाभित्र दुई वटा सम्भवना रहेको शर्माले उल्लेख गरे ।

उनले सोमवार पाटन उच्च अदालत निर्णय पछि पहिलो सम्भवना समयमानै निर्वाचन हुने र प्रमुख संरक्षक शेष घलेले जर्वजस्ती चुनाव गराउन खोजेमा संस्था विभाजनमा जाने विचार व्यक्त गरे । उनले गैरआवासीय नेपाली संघ विघटन हुन नसक्ने विचार व्यक्त गर्दै एनआरएनए एउटै हुन सक्ने तर यस्तै प्रकृतिको अर्को संस्था खोल्न सक्ने सम्भवना हुने बताए ।
उनले संघभित्र धेरै ठूलो समस्या नभएको तर्क गर्दै सबै पक्षलाई समेटर लैजान संस्थाक पक्ष तयार रहेको बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार