गैर आवासीय नेपाली संघ (एनआरएनए) चिवा क्षेत्रीय समितिले चिवा प्रिफेक्चर भित्रका सामाजिक क्षेत्रमा क्रियासिल विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

चिवा क्षेत्रीय समितिले चिवाको फुनावाशीमा आइतवार एक कार्यक्रमको आयोजना गरी यस क्षेत्रमा रही विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेको भन्दै ३ दर्जन भन्दा बढी व्यक्तिलाई सम्मान गरेको हो ।

‘सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाइ एक अर्काप्रति परिचित गराउने उद्देश्यले सम्मान तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेका हौं ‘ चिवा क्षेत्रीय समितिका संयोजक मुक्त्तिराज रेग्मीले भने ‘क्रियाशील सबैलाई एउटै मंचमा सामेल गराएर एक अर्काप्रति परिचित गराउने कार्यक्रमको मुख्य उद्देश्य थियो ।’

चिवा क्षेत्रीय समितिका सचिव शंकर सुबेदीका अनुसार चिवा क्षेत्रमा रहेका अग्रज व्यक्तिहरु डा. रामध्वज श्रेष्ठ, डा. राम गिरी त्यसै गरी बिद्यार्थी समाजका सल्लाहकार प्रकाश भण्डारी क्षेत्री, लोक तथा दोहोरी गायक रामकृष्णबम मल्ल लगायतलाइ सम्मान गरिएको हो ।

नेपालमा लामो समय बसेका र जापानमा पछिल्लो समय नेपालीहरुलाई विभिन्न सहयोग गर्दै आएका जापानी नागरिक कोजी ताराखावालाइ पनि सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डा. रामध्वज श्रेष्ठले यस्ता कार्यक्रमले पुस्ताबीचको दुरीलाई कम गराउन भूमिका खेल्ने बताए । त्यसैगरी एनआरएनए जापानका कार्यबहाक अध्यक्ष नविन निउरेले चिवा क्षेत्रीय समितिले सबैलाई सबैसंग परिचित गराउने उद्देश्य प्रसंशायोग्य रहेको विचार ब्यक्त गरे ।

कार्यक्रममा भूपी श्रेष्ठ गोबिन्द श्रेष्ठ, संजिव राइ लगायत १ दर्जन भन्दा बढी व्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संयोजक मुक्तिराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उप- संयोजक राजन भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संचालन सचिव शंकर सुबेदीले गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार