टोकियो । मुलुकको सीमा भन्दा बाहिर आईपुग्ने जो कोहिलाई पनि देशप्रेम नभएको लाञ्छना लगाईन्छ,चाहे त्यो उसको रहर होस् या कहर । तर मैले देखेको देशप्रेम चाँही परदेशिनेहरुको मुटुमा अझ घनीभूत लाग्छ । स्वदेशमा रहँदा नेपाली पोशाक,नेपाली झण्डा,नेपाली उत्पादनप्रति ख़ासै चासो नराख्नेहरु पनि विदेश आएपछि त्यहि चिजहरु खोजि खोजि उपयोग गर्दछन् । र यो केवल खोक्रो आदर्शको लागि होईन आफ्नोपनको पहिचान र न्यास्रो मेटाउने एक मात्र विकल्प हो विदेशमा ।

हुन त देशप्रतिको प्रेम,मुलुकको झण्डा र भेषभुशामा मात्र सिमित कदापि हुदैन,तर पनि सत्य कुरा चाँही के रहेछ भने शीरमा सगरमाथा र मुटुमा देश अनि मस्तिष्कमा स्वाभिमानका सग्लो चित्र बोकेर हिेडेपनि,कहिँ कतै नेपाली ध्वजा र नेपाली पहिरहन देख्दा छाति चौँडा र शीर उँचो भएको महशुस हुँदोरहेछ । सायद यो मुलुक बाहिर बस्ने हरेक नेपालीले  अनुभव गरेका होलान्

जापान छिरेदेखि नेपाली झण्डा र नेपाली पोशाकहरुमा विभिन्न अवसर र स्थानहरुमा बेला बेला नजर जुध्न थालेपछि,केहि तस्बिरहरु खिच्ने बिचार गरेँ र त्यहि अनुरुप संकिलित तस्बिरहरु हुन् यि । त्यसो त जापानको सन्दर्भमा नेपाली झण्डा नेपाली रेष्टुरेन्टहरुमा अधिक प्रयोग भएको देखिन्छ । तर त्यो स्वाभिमान भन्दा बढि व्यापार हो, त्यसैले त्यहाँ  मेरा लेन्सहरु खासै पुगेका छैनन् ।


नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार