एजेन्सी । भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हेलिकोप्टरमा १४ जना सवार थिए। एकजनाको उद्धारपश्चात् उपचार भइरहेको जनाइएको छ। रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्। उनी भारतीय वायु सेवा निगमको एमआई–१७ भी ५ हेलिकोप्टरमार्फत बुधबार राजधानी नयाँदिल्लीबाट तमिलनाडुको सुरुरतर्फ उडेका थिए।
विमानमा रावतसहित उनकी श्रीमती र केही उच्च सैनिक अधिकारीसमेत थिए। दुर्घटनामा निधन भएकाहरूको शव पहिचानका लागि डिएनए परीक्षण गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जनरल रावतलाई जनवरी २०२० मा भारतको पहिलो चिफ अफर डिफेन्स स्टाफ नियुक्त गरिएको थियो। त्यसअघि उनी भारतको स्थल सेना प्रमुख रहेका थिए।
रावतको नेपाल साइनो
उत्तराखण्डको गढवाली परिवारमा जन्मिएका रावतले सन् १९७८ मा भारतीय सेनाको गोर्खा रेजिमेन्टअन्तर्गत ५औं बटालियनबाट सेवा सुरु गरेका थिए । स्थल सेना प्रमुखका रुपमा उनले पटकपटक नेपाल भ्रमण गरेका थिए ।
सन् २०१७ मार्च २९ मा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदबाट सम्मान गरेकी थिइन् । फरवरी २०१८ मा पनि उनी नेपाली सेना दिवसको कार्यक्रममा उपस्थित हुन नेपाल आएका थिए।
यो वर्ष पनि उनी नेपाल आउने कार्यक्रम तय भएको थियो । उनको भ्रमणका लागि गत वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणको निमन्त्रणा पठाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण उनको भ्रमण रद्द भएको थियो ।
गत कात्तिक ६ गते भारतको गुहाटीमा एक कार्यक्रममा बोल्ने क्रममा रावतले नेपालसहित दक्षिण एशियाली मुलुकहरूमा चिनियाँ सहयोग भारतको राष्ट्रिय हितविपरीत भएको बताएका थिए।
त्यति बेला उनले चीनले दक्षिण एसिया र हिन्द प्रशान्त क्षेत्रमा बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनामार्फत दखल दिन खोजेको बताएका थिए। उक्त भनाइले उनी विवादमा परेका थिए।
नेपालसहित दक्षिण एसियाली मुलुकमा चीनको बढ्दो प्रभावप्रति उनले चिन्ता व्यक्त गर्दै आएका थिए। उनको निधनप्रति भारतीय उच्च अधिकारीहरूले दुःख व्यक्त गरेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




