लन्डन । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक सङ्क्रमित सङ्ख्याले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र ९३ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।
यसअघि कोरोना सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार सङ्क्रमित रहेका थिए भने बुधबार ७८ हजार ६१० र बिहीबार ८८ हजार ३७६ सङ्क्रमित थपिएका थिए । यसरी दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिन थालेपछि बेलायतमा उच्च सतर्कता अपनाउन लागिएको छ ।
बेलायतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ११ लाख ९० हजार ३५४ पुगेको छ । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा झन्डै १५ हजार सङ्क्रमित भइसकेका छन् । बितेको २४ घण्टामा मात्र तीन हजार २०१ जनामा ओमिक्रोनको पुष्टि भएको छ । अघिल्लो साताको तुलनामा यो साता सङ्क्रमण दर ६० प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।
सङ्क्रमण दर बढेसँगै अस्पतालहरूमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ । यसअघिको पिक समयमा दैनिक अस्पताल भर्ना हुनेको सङ्ख्या चार हजार ५८३ पुगेको थियो ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ४६ लाख ५६ हजार १०३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ९३ हजार ६६४ जना अर्थात् ८९.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ६९ लाख २३ हजार ७८८ जना अर्थात् ८१.६ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ६३ लाख ३८ हजार ६५१ अर्थात् ४५.८ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




