टोकियो/जापान । यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

गैरआवासीय नेपाली संघ जापानको ( सन २०२१-२३) कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बारेमा विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरिन लागिएको हो ।

कार्यक्रम अनलाईन  माध्यम(Zoom) मा २५ डिसेम्बर साँझ ५ बजे(जापानको समय)देखि सुरु हुनेछ । यस कार्यक्रमको नेपालन्युजपोस्टडटकमको अफिसियल फेसबुक पेज संगै जापानका अन्य अनलाईन संचार माध्यमहरुमा पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार