तोचिगी/जापान । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समिती तोचिगीले आयोजना गरेको उचुनोमिया सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

आज ( डिसेम्बर २६ ) बिहान ९ बजे देखी ११ बजे सम्म करिब २ घण्टा संचालन गरि सम्पन्न गरिएको हो । कार्यक्रममा एनआर एनए जापानका पूर्व क्षेत्रीय सचिव तथा यस समितिका तोचिगीका संरक्षक बिकास बस्नेत, सल्लाहाकार हरू क्रमशः सुरेन्द्र अधिकारी, भुवन गैरे र महेश लुईटेल र समाजसेवी श्याम खड्का ज्यू लगाएत ४० जान नेपाली र १५ जान जापानीहरुले सहभागीता जनाएका थिए । यस कार्यक्रमको उचुनोमिया सिटी अफिस संगको अनुमति लगाएतको सम्पूर्ण व्यबस्थापकिय भुमिकामा उपसंयोजक सन्तोष घिमिरे रहेका थिए ।

सरसफाई उचुनोमिया वरिपरी बिभिन्न भागका सडकहरूमा दुई समुहमा बिभाजन भई गरिएको सचिव उत्तम खनालले जानकारी गराए । कार्यक्रममा तोचिगी केन भित्रका ओयामासि, तोचिगीसि, उचुनोमियासि,ओतावारा,लगाएतका क्षेत्रमा बसोबास गर्ने नेपालीहरू र जापानिज भोलिन्टिएरहरूको उल्लेखनिया उपस्थिती रहेको थियो। कार्यक्रमलाई बिभिन्न सामाजिक संस्थाहरूले सहयोग गरेका थिए ।भौतिकरूपमा उपस्थित भई सहयोग गर्ने संस्थाहरू तोचिगी नेपाली कम्युनिटी, तोचिगी खेलकुद क्लब, नेपाली समाज उचुनोमिया, एन पि ओ होजिन संगसगै, जापानिज भोलिन्टिएर समुह ताबुवाता, उचुनोमिया माचिचुकुरी सेन्टर, तोचिगी केनच्चोका स्टाफ यासिहिको कुरोको सान , उचुनोमिसा ईन्टरनेशनल प्लाजा,लगाएत हाईकिबुताउ ताईसाकु संस्था जसले पंज्जा र फोहोर फाल्ने प्लाष्टिक सहयोग गरेका थिए । कार्यक्रमलाई तोचिगी टेलिभिजन र योमिउरी पत्रिकाले मिडिया क्षेत्रबाट सहयोग प्रदान गरेको छ। सरसफाईका क्रममा संकलित फोहोर छुट्टाउदा कुहिने फोहर ५ पोका, क्यान १ पोका, प्लाष्टिक बोतल २ पोका र सिसा लगाएतका अन्य फोहोर १ पोका भएको थियो।

सहसचिव कपिल न्यौपाने र आशिष बन्धु खनालले पनि कार्यक्रम सफल भएको भन्दै धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । अन्त्यमा यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरूमा पनि जापानिज समुदायमा राष्ट्रियता झल्किने साथै नेपाल र नेपालीको पहिचान चिनाउने कार्यक्रमहरू, सामाजिक, रचनात्मक, तथा भावनात्मक कार्यक्रमहरू तोचिगी क्षेत्रीय समितिले बिभिन्न क्षेत्रमा गर्ने बताउदै संयोजक मंदिप क्षेत्रीले आफु वरपरको वातावरण स्वच्छ भए हामी पनि निरोगी हुने भन्दै कार्यक्रमको समापन गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार