पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि रुरु क्षेत्र कालीगण्डकी रिडीका लागि जाँदै गरेको बस लघुवामा बिहान साढे १० बजे लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरू सबै पुरुष हुन् । उनीहरूका आफन्त नआइपुगेकाले सनाखत हुन सकेको छैन । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । घाइते कृष्णबहादुर नेपालीका अनुसार ओरालो र चिप्लो बाटोमा अचानक दुर्घटना भएको थियो ।
घुम्ती सडक भएको र सोही स्थानबाट बस खसेको बताइएको छ । घाइतेमध्ये लुम्बिनी मेडिकल कलेजमा ८ जना र युनाइटेड मिसन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनाग्रस्त बसबाट तीनवटा शव बाहिर उछिट्टिएको थियो । चारवटा शव भने बसले किचेको अवस्थामा रहेकाले जेसीभी लगाएर निकाल्नु परेको थियो ।
घाइतेहरू बुटवल उपमहानगरपालिका–१७, का ३८ वर्षीय विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लाल बहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना–६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२, का ३७ वर्षीय रमेश टमटा रहेको प्रहरीले जनाएका छ ।
अर्घाखाँची डाँडाकटेरीका ५४ वर्षीय गोपाल नेपाली, सैनामैना–६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते भएका छन् । बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेहरूमा ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




