काँकडभिट्टा । झापाको शिवसताक्षी नगरपालिकामा अनुहारमा नकाब लगाएको एक अज्ञात पुरुषले काम गरेर घर फर्कने क्रममा एक महिलामाथि बलात्कार प्रयास गरेको बताएकी छन् ।
झापाको शिवसताक्षी नगरपालिका–९ दुधेकी ती महिला घर बनाउने मजदुरी गर्छिन्। काम सकेर घर फर्कँदै गर्दा शुक्रबार साँझ करिब ६ बजे उनीमाथि बलात्कार प्रयास भएको थियो ।
‘साइटमा काम गरेर फर्किँदै थिएँ । कालो कपडाले अनुहार छोपेको मान्छेले मुख छोपेर बलात्कार गर्ने प्रयास गर्यो,’ ती महिलाले बताइन् । उनका अनुसार पुरुषको कान्छी औंला टोकेर उनी त्यहाँबाट उम्किएकी थिइन् । ‘मलाई लडाएर दुर्व्यवहार गर्न खोज्दै थियो । औंला टोकेपछि मेरो मुखको हात छुट्यो, गुहार माग्न थालेपछि भाग्यो,’ उनले भनिन् ।
साइकल चढेर आएका ती व्यक्ति आँफु चिच्याउन थालेपछि चप्पल र साइकल छाडेर भागेको महिलाले बताएकी छन् । घटनापछि आरोपीलाई खोजबिन गरी कारबाहीको माग गर्दै पीडित परिवार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिन गएको थियो ।
तर, प्रहरीले उजुरी नै गर्न नदिएको पीडितका बाबुले गुनासो गरेका छन् । ‘उजुरवाजुर केही चाहिँदैन हामी मान्छे खोज्छौं भनेर प्रहरीले पठाउनुभयो । हामी त चौकीमै साइकल बुझाएर फर्कियौं ।’
दुई वर्षअघि बिहे गरेकी ती महिलाको एक सन्तान पनि छ । उनी हाल माइती घरमै बस्दैआएकी र घर बनाउने श्रमिकको रुपमा कार्यरत रहेकी छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




