टोकियो/जापान । एनआरएनए जापान( २०२१-२३) कार्यसमितिले आफ्नो आर्थिक तथा प्रगती विवरण सार्वजनिक गरेको छ ।
एनआरएनए जापानले, यो नयाँ कार्यसमितिको कार्यभार सम्हालेको ५ महिना अवधिमा गरेका विभिन्न काम तथा संकलन गरिएका अर्थ र त्यसतको सदुपयोगका बारेमा एक विज्ञप्ति जारी गर्दै प्रगती विवरणहरु प्रस्तुत गरेको हो ।
एनआरएनए जापानले यो ५ महिनाको अवधीमा सम्पन्न गरेको कार्यविवरहरु यस प्रकार छन् ।

यस्तो छ एनआरएनए जापान(२०२१-२३) को हालसम्मको आर्थिक विवरण
यस प्रगती विवर प्रस्तुत गर्दै,आफुहरुले कार्यसम्पादनमा भोगेका जटिलताहरुलाई पनि प्रस्तुत गरेको एनआरएनएले
लेखेको छ – यो बिचमा एनआरएनए जापानभित्र जर्वजस्त सिर्जना गरिएका अमुर्त स्वार्थका विषयहरुले संस्थालाई नै अपांग बनाउने हर्कतहरु भए र अझै असफल प्रयासहरु जारी छन् ।
आम जापानवासी नेपालीहरुको मत र मन जीत्न सफल यस कार्यसमितिले तिनै मनकारी जापानवासी नेपालीहरुको साथ र सहयोगले मात्र ४ येन बाट सुभारम्भ गरेको प्रयासबाट दश लाख येन बढि सामाजिक क्षेत्रमा सहयोग गरिसकिएको छ भने केही रकम बचत समेत गर्न सफल भएका छौं ।जुझारु क्षेत्रिय कार्यसमिति, सक्रिय एनआरएनए कार्यसमिति अनि सँधै हाम्रो एनआरएनए राम्रो एनआरएनए बनाउन झकझकाई रहने तपाईंहरुको साथ र सहयोगबाट नै यो सबै सम्भव भईरहेको छ ।
निर्वाचनमा पराजित, निवर्तमान पूर्व कार्यसमितिका कतिपय जिम्मेवार पदमा रहेका व्यक्तिहरुले हस्तान्तरण गर्नुपर्ने कागजात र हिसाबकिताब अपहरणको शैलिमा आफ्नै नियन्त्रणमा राखिरहँदा जापानवासी नेपालीहरुको मतको अपमान र उहाँहरुले सदस्यता मार्फत बुझाउनु भएको रकम र सामाजिक हितको लागि संचित गरिएको रकम दूरुपयोग हुने सम्भावना बढेर गएको छ ।
आर्थिक श्रोत अभावका बिच पदप्रति निष्ठावान, जापानवासी नेपालीहरुप्रति जवाफदेही र कामप्रति कर्तव्यनिष्ठ कार्यसमितिलाई सबैतर्फबाट सहयोग जुट्दा अपेक्षाकृत कामहरु गर्न नसकेपनि वर्तमान कार्यसमितिले धेरै उदाहरणिय रचनात्मक कामहरुको सुरुवात र निरन्तरता दिएको छ ।
विभिन्न कारणवस चाहेरपनि कोभिड बिरुद्धको खोप लगाउन असमर्थ हुनुभएका जापानमा रहनुभएका करिव ३ हजार नेपालीहरुलाई खोप लगाउन सहयोग, नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटगरि जापानको लागि क्षमतावान राजदूत तत्काल नियुक्त गर्न पहल तथा अन्य दुई देशिय विविध विषयमा छलफल, एनआरएनए मेरो साथी कार्यक्रम अन्तर्गत विभिन्न महत्वपूर्ण विषयमा रचनात्मक कार्यक्रम निरन्तर रुपमा संचालन भईरहेको छ ।
यो सबै काम तबमात्र सम्भव भएको हो जब हाम्रा क्षेत्रिय कार्यसमितिका सक्रिय संयोजकहरु सहित सिंगो कार्यसमितिको साथ मिल्यो । त्यसमा राष्ट्रिय समन्वय परिषदको सम्पूर्ण टिम एकजुट भएर अघि बढ्दा जापानवासी तपाईहरुबाट मिलेको साथलेनै हामीमा उत्साहित र थप सकारात्मक काम गर्ने उर्जा र साहस मिल्दै गएको छ ।
हामीले धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि यसबिचमा समेटेर उहाँहरुको बिचारलाई पनि सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरेका छौं । तर नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्नेगरि उठाईएका विषयहरु न अहिलेको सिंगो एनआरएनए जापानले पुरा गर्न सम्भव छ न त आईसिसि वा जापानवासी नेपालीहरुले नै त्यसलाई स्विकार्छन् । यस्तो अवस्थामा हामी सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनि असंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई आफ्नो काम र जिम्मेवारीलाई तिब्रताका साथ अगाडि बढाउने निचोडमा पुगेका छौं । आफ्नै हितको लागि आफ्नो परिश्रमको पैसा बुझाएर पनि आम्दानी र खर्चबारे बेखवर पारिएका जापानवासी नेपालीहरुको विगतको एनआरएनए जापानसँगको कारोबार हामी जतिसक्दो छिटो एकएक येन पारदर्शिरुपमा सार्वजनिक गर्ने प्रण गर्दछौं ।वर्तमान कार्यसमितिले शपथग्रहण गरेर जिम्मेवारी सम्हालेयता गरेका काम तथा आम्दानि र खर्चको सम्पूर्ण विवरण हामीले यसमा समेटेर सार्वजनिक गरेका छौं । त्रैमाशिक रुपमा कार्य प्रगति विवरण र आर्थिक हिसाबकिताव सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेपनि अघिल्लो कार्यसमितिबाट हस्तान्तरण हुनुपर्ने आयव्यय विवरण र मौज्दात रकम बुझबुझारथ हालसम्म नहुँदा त्यसकै प्रतिक्षामा रहनपुग्दा ढिलो हुन गएकोमा क्षमा चाहन्छौं । हामी आगामी दिनमा भने त्रैमासिक रुपमा सबै विवरण नियमित रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदछौं ।
यस बिचमा हामीलाई सबैखाले साथ सहयोग र हौसला प्रदान गर्नुहुने जापानवासी नेपालीहरु, एनआरएनए आईसिसि प्रतिनिधि, एशिया प्यासिफिक, जापानमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायि, पत्रकार सबैसबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । आगामी दिनमा पनि एनआरएनए जापानको कामहरुमा यस्तै साथ र सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गर्दछौं ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




