दीपक गौतम/ जापान
लामो समयको विवादका कारण समयमा अधिबेशन सम्पन्न गर्न नसकेको गैर आवासिय नेपाली संघ (एनआरएनए) को नया निर्वाचन गर्ने सम्बन्धमा दुवै पक्षबीच सहमति जुटेको छ । विवाद समाधानका लागि गठित समितिले छिट्टै महाधिबेशन सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका ल्याउने गरी सहमति जुटाएको हो ।

सहमित अनुसार २५ प्रतिशत प्रतिनिधिहरु सहमतिको आधारमा मतदाता नामावलीमा समाबेश गरिनेछ भने १० औ महाधिबेशन बाट छनौट भएका ६५ प्रतिशत प्रतिनिधिहरुका सन्दर्भमा विधानले निर्दिष्ठ गरे बमोजिम राष्ट्रिय समन्यव परिषदका पुर्व अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरुलाइ सम्बन्धित व्यक्तिको आबेदनका आधारमा मतदाता नामावलीमा समाबेश गरिने छ।

त्यसैगरी २०२१ जुलाई ३१ यता नया सदस्य बनाइ प्रतिनिधिहरु छनौट गरिएको भए जुलाई ३१ अघिकै सदस्य संख्याका आधारमा प्रतिनिधि छनौट गरिने सहमति भएको आइसिसिका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

२०२२ फेब्रुवरी १४ /१५ तारिख अधिबेशन गर्न प्रस्ताव गर्ने र निर्वाचनको अनुगमनका लागि ५ सदस्यीय अनुगमन टोली बनाउइने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति पत्रमा एनआरएनएका केन्द्रीय सल्लाहकार एबम असन्तुष्ट पक्षका कुल आचार्यले भने हस्ताक्षर गरेका छैनन् । तर उनका तर्फबाट डा. यादव पण्डितले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दुइ पक्षबीचको सहमतिसंगै पटक पटक स्थगित हुँदै आएको आइसीसीको अधिबेशन सम्पन्न गर्न बाटो खुलेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार