टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी क्षेत्रीय भेला गर्ने भएको छ ।

यही जनवरी ३० तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रिय कार्यसमितिहरुले २०२१/०२३ कार्यकालमा गरेको र बाँकी कामहरूको समीक्षा गर्ने उद्देश्यले क्षेत्रीय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रिय समन्वय समितिका संयोजक समेत रहेका राम कृष्ण श्रेष्ठले जानकारी गराए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको आयोजनामा हुन गैई रहेको क्षेत्रीय भेला जापानको चिवा क्षेत्रको इचिकावा ग्रान्ड होटेलमा आयोजना हुनेछ ।

भेलाले केन्द्रदेखि क्षेत्रसम्मको संघको आर्थिक गतिविधि, भाबी रणनीति तथा संघको योजना तय गरिने जनाईएको छ । भेला यहि जनवरी ३० तारिक मध्यन्ह १२ः०० बजेदेखि साँझ १७ः०० बजेसम्म आयोजना हुनेछ ।

आयोजक संस्थाले, सहभागी क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले समयमा नै सहभागीहरूको संख्या र नामावली क्षेत्रीय समन्वय समिति संयोजक तथा उपाध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी र सह-कोषाध्यक्ष दीपक सुनारलाई सम्पर्क गर्न हुन समेत अनुरोध गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार