टोकियो/जापान । जापानको राजधानी टोकियोको बुन्क्यो वार्डमा रहेको टोकियो विश्वविद्यालयमा प्रवेश परिक्षा दिन पुगेका २ जना परिक्षार्थी र अर्का एक मानिसलाई धारिलो हतियार प्रहार गरि घाईते बनाएपछि, ज्यान मार्ने उद्यम गरेको अभियोगमा एक जना विद्यार्थीलाई पक्राउ गरिएको छ ।
जापानी संचार माध्यमहरुले जनाए अनुसार घाईते भएका २ परिक्षार्थी सहित ३ जनै होसमै रहेका छन् । घटना आज ( जनवरी १५ तारिख) बिहान ८ बजेपछि,टोकियो विश्वविद्यालय परिसरमा घटेको हो ।
विश्वविद्यालय परिसरमा रहेका २ जना परिक्षार्थी तथा एक जना ७० वर्ष उमेर समुहका जस्ता देखिने मानिसलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको बताईएको छ । हाल, घाईते ३ जनाको अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले घटनास्थलबाट एक १७ वर्षिय युवालाई घटनाको अभियुक्तको आशंकामा पक्राउ गरेको छ ।अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
स्रोतः एनएचके अनलाईन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




