काठमाडौं । गोंगबु सामूहिक बलात्कार प्रकरणका आरोपित ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार यस्तो निणएय गरेको हो ।

जेल चलान हुनेमा मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद तथा अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिका गोपालकुमार शिरीष रहेका छन् ।

यस्तै ३ जना होटल सञ्चालकहरूसँग धरौटी माग गरिदा जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणाचार्य पौडेलले ३—३ लाख धरौटी बुझाएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार