कोरोना भाईरस कतिको खतरनाक छ भनेर आजको समयमा बताईरहनु पर्ने आवश्यकता छैन । विश्व महामारीको रुप लिएको यो भाइरस एक प्राण घातक रोग हो भन्ने कुरा पनि सर्वविदितै छ । सन् २०१९ पछि हामी सबैको जिन्दगी सँग यो भाइरस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरे पश्चात यसबाट बच्नका लागि तोकेको मापदण्ड र नियमावली पनि विश्वभरी लागू भैसकेको छ । जसलाई हामी दैनिक रूपमा पालना पनी गर्दैछौ । र यस महामारी नियन्त्रण गर्ने हेतुले हामीले विभिन्न चरणमा लगभग वर्ष दिन जतीको लकडाउन पनि भोगी सकेका छौं । साथै कोरोनाका निमित्त खोप अभियान नया नया नियम दिशानिर्देश र प्रतिबन्धात्मक आदेशहरु पनी हरेक देशले आफ्नो अवस्था अनुसार लागु गरिरहेका नै छन । फलस्वरूप गत वर्ष अर्थात २०२१ को अन्ततिर संक्रमण दर केही घटेको थियो । तर दुर्भाग्यवश नयाँ साल सँगै फेरि नयाँ भेरियन्ट अर्थात ओमीक्रोनको रुप धारण गरेर सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढीरहेको छ।र यसै महामारीको दौरानमा हाम्रो वार्षिक चाड अर्थात लोसार ( नयां वर्ष ) फेरी हाम्रो घरआंगन नजिक आईपुगेको छ ।
हरेक वर्षझैँ यसपटक पनि हामी हिमाली आदिवासी जनजाति समुदाय एंव सम्पुर्ण बौद्ध धर्मावलम्बीहरूको महान चाड लोसार नजिकिँदैछ । कोरोना भाइरस का बावजुद पनि ल्होसार मनाउन सबै उत्साहित छन । तर दुर्भाग्यवस पछिल्लो समय फैलिएको नयाँ ओमीक्रोन भेरियन्टले गरिरहेको विश्वव्यापी असर लोसारमा पनी पर्ने लगभग पक्का छ । लोसारमा हुने विभिन्न खाले भिडभाड कोरोना सार्ने माध्यम बन्ने सम्भावना उतिकै बढेको छ । शायद त्यसैको डरले होला पूर्वनिर्धारित कार्यक्रमहरू धमाधम रद्द भएको समाचारहरु पनि दैनिक आईरहेका छन । त्यसैले यसपाली पनी लोसार अनावश्यक भिड्भाड नगरी घरमै सीमित भएर परिवारको सदस्यहरू संग सानो संख्यामा मनाउदा उपयुक्त हुने देखिन्छ । विगतको जस्तो लोसार पर्वको अवसरमा ठूलाठूला कार्यक्रम , महोत्सव र मेलाहरू आयोजना गरेर भव्य रुपमा मनाउने सपना यसपाली सपनामै सीमित गर्दा सबैको भलो हुने देखिएको छ।
वाभाविकरुपमा यसपाली भिडबाट गर्नु सबैको लागि हितकर देखिदैन । यद्यपि यस प्रतिकुल समयमा पनी घरपरिवार तथा आफन्तको सुरक्षाको निम्ति सचेत भएर आवश्यक मापदण्ड पुरा गरी लोसार मज्जाले मनाउन सकिन्छ । सदाझै यसपटकपनी चन्द्रमास पात्रोअनुसार १२ महिनाको २९औं दिन घरमा गुथुक खाने अनी त्यसको भोलिपल्ट औशीको साँझमा चमार ,दतर , खप्से , आरक र अन्य सामग्री क्षोश्युम अगाडि सजाउने , त्यसैगरी पिठोले टाशीतके र टशीदेले लेखेर घरको भित्ता सजाउने , टावा थंगपी छेचिकको दिन बिहान सबेरै उठेर नुहाइधुवाइ गरी नयाँ लुगा लगाउने धाराबाट सफा पानी ल्याएर घ्युको कर्केन लगाई क्षोश्युममा चढाउने आदि गरौ । त्यसपछि सांग सेर्किम गरेर छ्यांकोल खाई परिवारभित्रै एकआपसमा खादा लगाइ शुभकामना आदानप्रदान गरौ । र त्यसको भोलिपल्ट मात्र भेट्नै पर्ने आफन्तहरुसँग भेट गर्ने गरौ । भेटने क्रममा खादा लगाउँदा वा चढाउँदा सेनिटाइजर प्रयोग गरी सकेसम्म भौतिक दुरि कायम गरी टावा र लामाहरुलाई घरमा बोलाउँदा बस्ने स्थानको व्यवस्था पनी आवश्यक दूरी कायम गरेर गरौं । अन्य साथीहरुसंग टेलिफोन , जुम , भाइबर र अन्य समाजिक संजालहरूको माध्यमबाट शुभकामना आदानप्रदान गरौ । अत्यधिक रूपमा माछा मासु र अन्य खान्की सेवन नगरौं । मदिरापान पनी न्युन गर्दा बेस । लोसारमा सबै आफन्त जम्मा भई पूजापाठ र खानपिन गर्ने चलन भएतापनी यो वर्ष कोरना भाइरसको त्रास भएकोले नजिकै बसेर खाने क्रममा खोक्दा हाच्छिउँ गर्दा बोल्दा र सास फेर्दा निस्कने छिटाबाट भाईरस सजिलै सर्ने भएकोले अनिवार्य मास्क प्रयोग गरौ ।
अन्तमा , महामारीको यस प्रकोपबाट बच्न र बचाउन विशेष ख्याल राखी लोसार मनाउनु पर्ने देखिन्छ । मानिसहरू धेरै जम्मा भएको स्थानमा संक्रमणको दर वृद्धि भएको तथ्य हामीले अनदेखा गर्न मिल्दैन ।र चाडबाडको बेला हामी बलियो छौ भनेर कोरोना भाइरसलाई कमजोर ठान्ने गल्ती कसैले नगरौ । यो अत्यन्त ठुलो महामारी हो भन्ने कुरालाई कदापी नबिर्सौ । लोसारको बीचमा वा अन्त्यतिर संक्रमित भएर अस्पतालको बेड र भेन्टिलेटरको निम्ती भौतारिनु भन्दा बेलैमा सुरक्षित भएको राम्रो । तसर्थ मैले जानेको छु भनेर बस्ने मात्र नभई जानेको कुरा पूर्णरुपमा व्यवहारमा लागू गर्न अत्यंत जरुरी छ । लोसार हरेकवर्ष आउँछ नमरी बांचे विगतमा झै धूमधामका साथ फेरी मनाउन पनि सकिन्छ । तर यसपल्ट भने संक्रमित भएर मृत्युवरण गरेका छट्पटिदै उपचार नपाएर बिचल्ली भएकाहरूलाई स्मरण गर्दै भिडभाडरहित आवश्यक मापदंड पुरा गरेर मात्र घरमै लोसार मनाऔ । थुची छे ।
पेम्बा शेर्पा ,
अध्यक्ष
नेपाली समाज जापान एंव
पुर्व कोरोना संक्रमित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




