जापानमा पर्ने विभिन्न ऋतु पर्वहरू मध्ये यो “मामे माकि”पनि एउटा पर्व हो।आजको दिनलाई जापानीहरू एउटा विशेष अर्थले मनाउँछन्।यहॉ मनाउने विबिध पर्वहरू मध्ये यो “सेचुबुन नो हि”पर्वको शुरूआत ऋतुहरूको परिवर्तनलाई लिएर मनाउने चलन छ।यो पर्व आ-आफ्नो चलन अनुसार जिन्जा(神社)या (お寺)हरूमा प्रशिद्ध व्यक्तिहरूलाई निमन्त्रणा गरी भुटेको भटमास र कतै भुटेको बदम पनि मिसाएर झ्याल या बरण्डाबाट *ओनि वा सोतो*””फुकु वा उची”भनि राक्षसहरूलाई भुटेको भटमासले हानि भगाउने चलन छ। यसलाई नै जापानमा “節分の日 अर्थात मामे माकि नो हि भनिन्छ। यो दिन हाम्रो नेपालमा “लुतो फाल्ने” जस्तै हुन्छ।

भुटेको भटमास घरको झ्याल या बरण्डाबाट “राक्षसहरू बाहिर खुशियाली भित्र” भन्दै राक्षसहरूलाई खान दिइ भगाउने चलन आज पनि जापानमा भरि प्रशिद्घ छ।(節分)सेचुबुनको अर्थ ऋतुहरूलाई अलग गर्नु पनि हो। तर हामीहरूलाई अचम्म लाग्छ यति जाडो हुँदाहुँदै पनि आजको दिन देखि जापानमा बसन्त ऋतुको आगमन हुने पारम्परिक विश्वास छ।
(江戸時代 )“एदो इरा” पछि यो दिनलाई ऋतुहरू अलग्ग गराउने दिनको एकदिन अगाडि मनाउने चलन शुरू भएको हो। हरेक वर्षको फेब्रुअरी ४ तारिखबाट जापानमा बसन्त ऋतुको आगमन हुन्छ तर यो चार तारिखको एकदिन अगाडि अर्थात फेब्रुअरी ३ तारिखको दिन जापानमा सेचुबुन नो हि मनाइन्छ। यही नै बच्चाहरूले मामे माकि नो हि भनेर रमाइलो गरी मनाउँछन् ।वर्षमा चारवटा ऋतुहरू हुन्छ ती हरेक ऋतुहरू परिवर्तन हुनु एकदिन अगाडिको दिनहरूलाई जापानमा विशेष अर्थका साथ मनाइन्छ।

“रिस्सुन”(立春)अर्थात बसन्त ऋतु शुरू हुनु अगाडिको दिन। रिख्खा (立夏)गृष्गम ऋतु शुरू हनु अगाडिको दिन। रिस्सु (立秋)अर्थात शिशिर ऋतु शुरू हुनु अगाडिको दिन र
रित्तो(立冬)जाडो ऋतु खत्तम हुनु अगाडिको दिन। यसरी जापानमा वसन्त ऋतु शुरू हुनु अगाडिको दिनलाई, ऋतुहरू परिवर्तन हुनु अगाडिको दिन को रुपमा मनाउने चलन
चली आएको छ ।

तर अनौठो! यो मामे माकि अरू ऋतु परिवर्जतनहरूको दिनमा जस्तो जस्तो यो दिनमा जापानमा सार्बजनिक छुट्टी भने छैन। तर एहो माकि(恵方巻き)भनिने नोरिले बेरिएको भिनेगर भातमा सात थरि समुद्री माछाको परिकारहरू राखेर हरेक वर्षको उत्तर पशचिम दिशा तर्फ फर्केर यो सके जति पूरै मुखमा हालेर खाने चलन छ। यसरी यो “एहो माकि” उत्तर पश्चिम भन्दा पनि थोरै उत्तर तर्फ फर्किएर खायो भने र त्यो राक्षसहरूलाई पनि भगाउने भुटेको भटमास आफ्नो उमेर जति नै गेडा गनेर खायो भने वर्षै भरि स्वस्थ रहन सकिने विश्वास जापानमा अझै पनि छ।

प्रस्तुती/ गृष्मा पौड्याल,टोकियो जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




