गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको निर्वाचन सम्पन्न भएको झन्डै सात महिना बितिसकेको छ। अझै केही व्यक्तिहरु आफैले गराएको निर्वाचनमा पराजित भएपछि बिभिन्न बखेडा झिकेर पुनः निर्वाचनको माग गरिरहेका छन् भने बिजयी समुह भने पुनः निर्वाचित हुनै नसक्ने अडानमा छ।
केही दिन अगाडी आईसीसी पुर्व अध्यक्ष शेस घलेको निर्देशनमा अर्का पुर्व अध्यक्ष एनआरएनए सदस्यता सम्म नलिएका देवमान हिराचनलाई दुई दिनमा मिले मिल्छन नमिले निर्वाचन गराउनु भन्ने पत्र पठाईएछ। जसले समस्या समाधान नभई थप बल्झाईदिएको छ । जापानको पछिल्लो विवाद र वास्तविकतासंग सम्बन्धित केहि बुँदाहरुः
१- सबै भन्दा पहिला तपाईको पत्र नै मिल्न नदिने बलियो हतियार भयो किन की पराजित समुहले चाहे कै पुन निर्वाचन हो जो नमिल्दा प्राप्त हुने तपाईहरूको पत्रको आशय प्रष्ट छ।
२- पुर्व अध्यक्षको नाता ले सुझाब दिन सक्नु हुन्छ तर निर्देशन चल्दैन।
३- बर्तमान कार्यसमिति NRNA ICC नै NRNA क्षेत्रमा सबै भन्दा ठुलो निकाय हो जस्लाई बिधान र बिधिले बाधेको हुन्छ।
४- NRNA NCC जापानले NRNA ICC चिन्छ र ICC को निर्देशनको पालना गर्छ कुनै झ्यालबाट आएको पत्रमा समयको बर्बादि गर्दैन।
अहिले पछि उठाईएका बिषयहरू निर्वाचन अगावै थाह भएका कुरा हुन जुन बिषयहरू बैठकबाट टुङ्गाएर केही सहमति गरि निर्वाचन सम्पन्न भएको बिषय हो।
असन्तुष्ट पक्षले उठाउदै आएको मुख्य बिषय ईमेल परिवर्तन गरिएको बिषय नै हो भन्दै गर्दा कतिपय ईमेल चेन्ज आफै स्वयं पनि गर्नु भएको छ।
कतिपय ईमेल चेन्ज गराईयो भन्दै गर्दा आजको मिति सम्म कोही पनि मेरो ईमेल चेन्ज कस्ले गर्यो भन्न कोही आउनु भएको छैन। तर केही ठेकेदारी प्रथाबाट बनेका सदस्यहरूको भने चोर माथिको चण्डाल भने जस्तो अर्का ठेकेदार समुहले ईमेल बिगारिएको चाही भेटियो। यस्का बाबुजुत बैठकमा चर्को कुरा उठे ईमेल सच्चाऊन तिन दिन समय उपलब्ध गराईयो जस्मा झन्डै बाह्र सयको ईमेल सच्चाएको पाईयो। मेल परिवर्तन गर्ने गिरोह पत्ता लगाई कार्बाहीको दायरामा ल्याउनु पर्ने हाम्रो पनि माँग हो।
तर जापानमा देखिएको लडाई त एउटा बाहना मात्र हो निसाना एनआरएनए आईसिसि तिरै हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




