गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला चिवामा सम्पन्न भएको छ । यसअघिनै तय गरिएको एनआरएनए जापानको क्षेत्रीय भेला कोरोनाका कारण स्थगित गरिएको थियो । अघिल्लो पटक स्थगित भएको क्षेत्रीय भेला शनिवार चिवामा सम्पन्न भएको हो ।

एनआरएनए जापानका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा १२ क्षेत्र मध्ये १० क्षेत्रका संयोजकहरुले आ-आफ्नो क्षेत्रको प्रगति विवरण सहित भाबी योजना सहितको प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा कान्तोउ क्षेत्रका संयोजक दिपेश केसी, कान्साइका दिलिप शर्मा, नागोयाका मनोज बम मल्ल,क्युस्युका अर्जुन बगाले, ओकिनावका ज्ञानु भट्ट, तोचिगीका मन्दिप क्षेत्री, सेन्दाइका हरिगोपाल श्रेष्ठ, निगाताका बासुदेब घिमिरे, नागानोका नन्दराज रेग्मी, चिवाका मुक्तिराज रेग्मीले आ-आफ्नो क्षेत्रको प्रतिबेदन प्रस्तुत गर्दै एनआरएनएमा पछिल्लो समय देखिएका विवादहरु तत्काल समाधान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांस क्षेत्रीय संयोजकहरुले एन आरएनए जापान माथि भैरहेका आक्रमणका प्रति आक्रोश ब्यक्त गरेका थिए । कार्यक्रममा कार्यव्यस्तताका कारण गुम्बा क्षेत्रका मगेन्द्र बस्नेत र सिजुओका संयोजक रुपक बस्नेत अनुपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै आइसिसिका पूर्व अध्यक्ष एबम सम्रक्षक परिषद सदस्य भवन भट्टले एनआरएनएमा देखिएको गतिरोध चांडै अन्त्य हुने विश्वाश ब्यक्त गरे । ‘यस्तो पवित्र संस्थामा राजनीतिक हस्तक्षेप हुनु गलत हो, संस्था भित्रको बिवाद जती सक्दो अन्त्य गरी सस्थालाई गतिशिल गराउन पर्छ’ उनले भने ’मलाई विश्वाश छ संस्थामा देखिएको समस्या छिट्टै अन्त्य हुनेछ ।’

त्यसैगरी आइसिसी कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएका केहि शाखाहरुमा समस्या देखिएको भन्दै केहि दिनमा समस्या समाधान हुने बिश्वाश ब्यक्त गरे ।

कार्यक्रममा आइसिसी सदस्यहरु दीपक केसी, श्रबण सत्याल, निवर्तमान अध्यक्ष देबिलाल भण्डारी, पूर्व अध्यक्ष ओम गुरुङ, बरिष्ठ उपाध्यक्ष नबिन निउरे, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, जनजाती महासंघका अध्यक्ष संजिब राइ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा दीपक देबकोटा र अभिषेक सुबेदीलाइ एनआरएनएका गतिविधिमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।

भेला एनआरएनए जापानलाई अझै एकताबद्द बनाएर लैजाने निश्कर्श निकाल्दै सम्पन्न भएको एनआरएनए जापानका सिद्दार्थ श्रेष्ठले जानकारी दिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार