टोकियो/जापान ।लामो प्रतिक्षा पछि यो महिनाबाट नव प्रेवशीहरुको लागि जापान प्रवेश खुल्ला भयो तर, सोचे अनुरुप सबै जनाले पहिलो साता नै जापान आउने प्रकृया अगाडी बढाउन भने सकिरहेका छन् ।

जापान सरकारले सीमा प्रतिबन्ध खुकुलो गरेता पनि दैनिक जापान प्रवेश गर्न पाउने यात्रुसंख्याको सीमा तथा भिसा प्रकृया लगायतका कार्यहरुमा भएको ढिलाईका कारण धेरै नवप्रवेशीहरु अहिले भिएएस मा डेट लिनका लागि दिनुहँ धाउँदा पनि डेट नसकिएको भन्दै गुनासो गरिरहेका छन् । यद्यपी जापान सरकारले प्रकृयागत रुपमा सबै क्षेत्रलाई प्रवेश खुल्ला गरिसकेकाले पर्खेर जापान आउनुको अर्को विकल्प भने छैन ।

जापानको सीमा खुलेको ठ्याक्कै एक साता हुँदा पनि केहि समित व्यक्तिहरुले मात्रै भएफएसबाट डेट लिएर भिसा प्रकृया अगाडी बढाउन सकेको बताईएको छ ।अहिले जापान आउनका लागि प्रतिक्षारत एक विद्यार्थीले भने -“बल्ल/बल्ल ३ दिन धाएपछि, डेट लिन सफल भएँ ।” त्यस्तै अर्का एक विद्यार्थीले आफ्नो गुनासो पोख्दै भने, उता डेट नै पाएको छैन, यता कलेजमा पैसा नहाली प्रकृया अगाडी बढ्दैन भन्छ, पैसा तिरिहालौँ फेरि नोभेम्बरमा जस्तै बिचमा बन्द पो हुने हो की, टेन्सन छ ।”

अहिले जापान आउन चाहने अधिकांस नव प्रवेशीहरुको दिनहुँ यस्तै गुनासोहरु सुनिईएको छ । यद्यपी, यस क्षेत्रका जानकारहरुका अनुसार, कतिपयले प्रकृया नबुझेर पनि समस्या भएको छ । जापानले खुल्ला गरिसकेको अवस्थामा अव नआत्तिईकन सबै प्रकृया पुरा गरे, जापान आउनबाट बञ्चित हुनुपर्ने छैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार