भकाठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनको सार्वभौमसत्ताको पक्षमा नेपाल उभिएको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले युक्रेनको पक्ष लिनु भनेको युद्धको पक्ष लिनु नभएको प्रस्ट पारे ।
उनले भने, ‘पश्चिमा गठबन्धनमा सामेल हुने कुरा होइन, यो राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिबमोजिम हो ।’ उनले थपे, ‘युक्रेनमा रुसले गरेको आक्रमण कुनै राष्ट्रको सार्वभौमसत्ताविरुद्धको र विश्व शान्तिमा खलल पुर्याउने काम हो ।
नेपालको मत त्यही अतिक्रमणको विरोधमा थियो ।’ यसै महिनाको सुरुवातमा युक्रेनमा भएको आक्रमणलाई लिएर रुसको निन्दा गरिएको प्रस्तावमाथि संयुक्त राष्ट्रसङ्घको प्रस्तावको पक्षमा नेपालले अन्य १४१ देशसँगै मतदान गरेको थियो । मतदानमा भारत र चीन भने अनुपस्थित थिए ।
मन्त्री खड्काले नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अनुमोदनबारे काठमाडौँस्थित अमेरिका र चीनका राजदूतलाई स्मरण गराएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




