अहिले जापान आउने धेरै साथीहरुको गुनासो देखिन्छ कि भिएफएसले अपोईन्टमेन्ट नै दिएन । सामाजिक संजालहरुमा हरेकदिन धेरैको गुनासो देख्दा मलाई पनि त्यस्तै लागेको थियो । जापान त खुल्यो त तर जान पाउने कहिले पो ?

आफु पनि झण्डै १८ महिनादेखि जापानको ढोका कहिले खुल्ला र छिरौँला भनेर बसिरहेको मान्छे हत्तार हत्तार आवश्यक कागजातहरु तयार पार्न लागेँ । र अस्ति आवश्यक कागजात बोकेर भिएफएस पुगेँ । जापान जान चाहने साथिहरुको भिडम्भिड थियो । साथीहरुले फेसबुकतिर लेखेको गुनासो सहि नै रहेछ जस्तो लाग्यो ।

तर एकछिन लाईनमा बसेपछि थाह भयो कि, गल्ति त भिएफएसको होईन रहेछ । हाम्रै रहेछ । अधिकांस मानिसहरु आफ्नो लागि आवश्यक डकुमेन्टनै पुरा नगरि जाँदा रहेछन् । अनि आफु त्यहाँ जानुपर्ने हो या होईन केहि कन्फर्म नै नगरि जाँदा रहेछन् । जसका कारण तोकिएको समयमा काम सम्पन्न हुन निकै गाह्रो रहेछ ।

यसका अलवा त्यहाँ लाईनमा बस्दा होस या कागजात बुझाउँदा जति मिलेर बस्न आग्रह गरेकापनि हामीहरु मिलेर शान्तसंग आफ्नो पालो नै कुर्न सक्दो रहेनछौँ । अनि जसलाई पनि आफु मात्रै पहिलो हुनुपर्ने होडबाजी चल्दोरहेछ । परिणामा कसैको पनि कामै नबन्दो रहेछ । तर पुरा कागजात लिएर त्यहाँ पुगेका अन्य साथीहरुसंगै मेरो काम चाहीँ एकैदिनमा भयो । धन्यवाद जापान !भिएफएस र राजदुतावास

(यो उनको सामाजिक संजालबाट लिईएको अनुभव हो। तपाईको फरक भए हामीलाई पठाउन सक्नु हुनेछ ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार