कुनै पनि नयाँ ठाउँमा गरिने प्रवेशले केहि समय आफुलाई एक्लोपनको आभास गराउनु स्वभाविक हो। यतिबेला जापानमा रहेका विद्यार्थीहरु सेनमोन गाक्कोउ सकेर स्युसोकु गरि कम्पनि प्रवेशको तयारीमा हुनुहुन्छ भने केहि साथिहरु कम्पनि खोज्दै हुनुहुन्छ। विश्व कोभिड १९ को महामारीमा फसिरहेको बेला जुनसुकै देशमा रहेका व्यक्तिहरुलाई पनि असजह स्थिति पैदा गरेको छ भने विभिन्न किसिमका व्यावसायिक क्षेत्रहरुलाई पनि यतिबेला कठिन परिस्थिति उत्पन्न भएको छ त्यसैले विगतका वर्षहरुमा भन्दा कोभिड पश्चात जापानमा रहेका विद्यार्थीहरुलाई पनि चुनौति देखिएको छ।

जापानमा अध्ययन सङ्गै गरिएको बाइतो (parttime job)भन्दा स्याक्याईजिन अर्थात साइन भएर काम गर्दा केहि जिम्मेवारी सहित चुनौतिको सामना पनि गर्नुपर्ने हुन्छ । सधै गाक्कोउ र वाइतो मा व्यस्त रहने विद्यार्थी जिबनको समाप्ति सङ्गै work permit भिसा लिएपछि आफुलाई केहि फुर्सदिलो हुने आभास गरिएको हुन्छ ।साइन भएर काम गर्दा सामान्यतया हप्तामा ५ दिन काम र २ दिन बिदा अनिवार्य हुन्छ।

विशेषगरी कम्पनि प्रवेशको सुरुवाति अवस्थामा ध्यान दिनुपर्ने कुराहरुः
हरेक कम्पनिहरुले ३ देखि ६ महिनासम्म परिक्षण अवधि तोकेको हुन्छ र सो समयमा भाषा लगाएत काम देखि ब्यक्तिगत चरित्रहरुमा पनि मोनिटरिङ्ग गरेको हुन्छ। जस्तै; आइसाचु, समयको पालना , अनुशासन, अन्य ब्याक्तिहरु सङ्ग गरिने व्यबहार इत्यादि ।
बाइतोमा गरिएको काम तथा जिम्मेवारी भन्दा खाइस्याइन भएर काम गर्दा गहन तरिकाले काममा अपडेट हुनुपर्ने हुन्छ। सुरुवाति अवस्थामा काम सिकाउनको लागि तान्तोउ अर्थात सेनपाई ब्याक्ति तोकिदिएको हुन्छ र उ सङ्गै काम गर्नु पर्ने हुन्छ त्यसैले उसलाई राम्रोसङ्ग बुझि काम गर्न जरुरी रहेको हुन्छ।
हरेक कामको आफ्नै प्रकारको महत्व र बिशेषता रहेको हुन्छ। कामको सुरुवाति चरण देखि अन्त्य सम्म स- साना कुराहरुलाई पनि मध्यनजर गर्दै काम छिटो र क्लिएर गर्नुपर्नेहुन्छ। सकेसम्म छिटो काम गर्ने बानि बसाल्न सकियो भने सहज हुदै जान्छ।
जापानका कम्पनिहरुमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु अति नै साना तर विशेष भुमिका रहेको हुन्छ।
आईसाचु:
जापानीजहरु सङ्ग काम गर्दा आइसाचु र स- साना गल्तिहरु हुदा आयामारुमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।
समयको परिपालना:
जापानीजहरु हरेक कामलाई समय निश्चित गरि काम गर्ने गर्छन त्यसैले जुन काम सुरु गरिएको छ त्यसलाई अन्त्य गरेर मात्र अर्को कामको सुरुवात गर्नु पर्दछ जसले निश्चित समयमा तोकिएको काम समाप्त गर्न मदत पुग्छ।
सत्य बोलौँ:
कहिलेकाहीँ काम गर्दा गल्ति अथवा काममा केहि सामान टुटफुट हुन सक्छ त्यतिबेला आफुबाट भएको गल्ति हो भनि साचो बोल्ने गर्नुपर्दछ। जापानीजहरुको अगाडि केहि कुराहरु झुटो बोलेर पछि त्यसको बारेमा जानकारी भो भने उनिहरुको नजरमा सधैँ नराम्रो भइन्छ।
छोटो तार्किक उत्तर ः
विशेष गरि आफुले गरेको कामको मौखिक जवाफ दिदा लामो भन्दा पनि छोटो स्पष्ट रुपमा बुझिने गरि भन्नुपर्दछ।
सुरुमा सिकाएको कुरा नोट गरौँः
जापानीजहरुले सुरुमा काम सिकाउदा स- साना कुरा देखि राम्रो सङ्ग काम सिकाउने गर्दछन्। ति सिकाएका कुराहरुलाई नोट गरेर राख्नु पर्दछ अर्को पटक काम गर्दा सकेसम्म सोध्न नपरोस्।
तेनस्योकुः
विशेष गरि स्योसोकु गरिसकेपछि केहि ब्याक्तिहरुले कम्पनि परिवर्तन पनि गर्ने गर्छ्न । काम गार्हो भएपनि एकपटक भिषा कोउसिन गर्दा सम्म तेनस्योकु नगर्दा राम्रो हुन्छ।कतिपय कम्पनिमा आफुले गरेको काम गार्हो लाग्ने तथा काममा बढि टर्चर दिने जस्ता समस्याहरुले गर्दा कम्पनि प्रवेश गरेको केहि महिनामा तेनस्योकु गर्नुपर्ने अवस्था सिर्जना भएको हुन्छ।
फोनमा कुरा गर्ने तरिकाः
सामान्यतया फोनमा कुरा गर्दा आइसाचु ,आफुले काम गर्ने डिपार्ट र नाम भन्नुपर्दछ र फोन राख्नेबेलामा सिचुरेइसिमास भनेर त्यता बाट फोन नराख्दा सम्म आफुले कट गर्नु हुदैन।
गोपनियताः
कम्पनिको काम तथा योजनाको बारेमा भएका सुचना तथा म्यासेजहरु लाई गोप्य राख्नुपर्दछ ।

ठाउँ तथा कम्पनिअनुसार आ- आफ्नै नियमहरु रहेका हुन्छन जसलाई पालना गरेर अघि बढ्नुपर्नेहुन्छ। जुनसुकै कम्पनिमा प्रवेश गरेपनि इमान्दारिका साथ मिहिनेत गरेर अघि बढियो भने जस्तोसुकै परिस्थितिको सामना गर्न सकिन्छ। हरेक ब्याक्तिमा आत्मबल बलियो हुन जरुरी हुन्छ जसले विभिन्न अवसहरुको विश्लेषण गर्दै चुनौतिको सामना गर्न पनि सहज बनाउछ। नया कम्पनि प्रवेश सङ्गै आफ्नो जापान बसाइको भविष्य पनि जोडिएको हुन्छ त्यसैले धैर्यताका साथ अघि बढ्नुहोस बाकी पाइलाहरु अवश्य सफल हुनेछ।
मोहन कुवर सत्यवती-२, गुल्मी
ओसाका जापान

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार