गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पुर्व अध्यक्ष शेष घलेका पछिल्ला गतिबिधिले अदालतको अपहेलना भएको बताएका छन ।

पन्तले एक विज्ञप्ति जारी गर्दै संघले संरक्षक परिषद र उच्चस्तरीय समिति भङ्ग भैसकेको अवस्थामा समिति पुनर्गठन गरेको भनी बक्तब्यबाजी गर्नु खेदजनक भएको बताएका हुन ।
सबैलाई समेट्ने प्रयास भैरहेका बेला पुर्व अध्यक्ष घलेले बिधान बिपरितका गतिबिधि गरी समाजलाई बिभाजन तर्फ लैजान खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

‘संघमा बिभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिबिधि बन्द गरी सहमतिको बातावरण बनाउन सबैलाई आग्रह गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।आगामी अप्रिल २४ र २५ तारिख एनआरएनएको निर्वाचन तय भैसक्दा पनि सहमति जुट्न नसक्दा संघ फुट तर्फ उन्मुख भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार