जापान । जापानमा हुनुहुन्छ ? अनि बिहे गर्नुभयो ? यदि अविबाहित हुनुहुन्छ र जापानमै बिहे गर्ने बिचार छ भने, अब फरक अनुभव सहित बिहे गर्न सक्नुहुनेछ । अब जापानमा बिहेका लागि पार्टी प्यालेस, मन्दिर या होटल बुक नगरे पनि हुनेछ,किन भने अब जापानमा ट्रेनमै पनि बिहे समारोह आयोजना गर्न सकिनेछ ।

सायद पढ्दै गर्दा, अलि अब्यवहारिक लाग्यो होला, तर यो सत्य हो । हालै जापानको साईतामा प्रान्तमा अवस्थित एक प्राईभेट रेलवे कम्पनी – चिचिबु रेलवेले यस्तो सेवा सुरु गरेको छ । चिचिबुले एसएल पालेओ एक्स्प्रेस वेडिङ् ( SL Paleo Express Wedsing) नामको नयाँ प्रकारको अनुभव सहित बिहे गर्न सकिने रेल सेवा सुरु गरेको छ ।

सो रेलवे कम्पनीले उक्त नयाँ र फरक सेवा बारे यहि मार्च १० तारिख औपचारिक जानकारी गराएको हो । यो सेवा मे ७ तारिख र त्यसपछिका दिनहरुमा उपलब्ध हुने बताईएको छ । यदि बिहेको नयाँ अनुभव लिन चाहनेहरुको ईच्छा भएमा यो रेलको २ प्रकारको कोर्सहरु मध्ये कुनै एक छनौट गर्न सकिने छ ।

यसमा उक्त युनिक डिजायनको रेल र प्लाटफर्ममा फोटोसुट मात्रै गर्ने या रेलनै रिजर्भ गरेर बिहे सेलिब्रेसन गर्ने भन्ने कोर्ष रहेको छ । यदि ट्रेननै रिजर्भ गरेर फोटो सेसन समेत गराउने हो भने ४ लाख २९ हजार ६ सय २५ येन शुल्क लाग्दछ । यसमा त्यहि रेल कम्पनीको स्पेशल यार्डमा रिसेप्सन पार्टीको पनि व्यवस्था हुनेछ ।

अर्को रहेको छ, ३ लाख ८४ हजार ६ सय २५ येनको कोर्ष यसलाई सिम्पल फोटो प्लान भनिएको छ । यसमा उक्त रेलवे कम्पनीको विभिन्न स्टेशन तथा यार्डहरुमा बेहुला/बेहुलीको फोटो सुट गराउने विशेषता रहेको छ । यि दुबै प्लान कम्प्लिट वेडिङ् कोर्षहरु हुन् । कस्तो लाग्यो त ? तपाई पनि ट्राई गर्ने कि ?

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार