दीपक गौतम/ जापान
विवादका बीच यहि मार्च २४ र २५ तारिख सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वका लागि डा. बद्री केसी र रबिन थापाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
नेतृत्वका लागि केसी र थापाले मात्रै उमेद्वारी दर्ता गरेकाले उनीहरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस अघि २०२१ अक्टुवरका लागि तय गरिएको निर्वाचनमा उमेद्वारी दिने घोषणा गरेका कुल आचार्यले भने यो निर्वाचनमा उमेद्वारी दर्ता गरेका छैनन् ।
निर्वाचन समितिले मार्च ११ गते सम्म उमेद्वारी दर्ता गर्ने अन्तिम म्याद तोकेको थियो । कुल ५१ पदका लागि हुन लागेको निर्वाचनमा ६१ जनाले उमेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार ६ उपाध्यक्ष पदको लागि ८ जनाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम र युवा उपाध्यक्षमा रोशन थापा निर्विरोध निर्वाचित भएको पनि निर्वाचन समितिले जानकारी गराएको छ ।
खुल्ला ४ उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा जापानबाट टंक गैरे, बेलायतबाट डा. हेमराज शर्माले, कतारबाट राजेन्द्रकुमार शर्मा, अष्ट्रेलियाबाट धर्मराज अधिकारी र ओमानबाट डम्बरबहादुर (डिबी) क्षेत्रीले उमेद्वारी दर्ता गराएका छन्।
त्यसैगरी महासचिवका लागि बेलायतबाट बिनय अधिकारी र अमेरिकाबाट गौरिराज जोशीले उमेद्वारी दर्ता गरेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
४ जना सचिव अन्तर्गत महिला सचिवमा हङकङबाट राधिका गुरुङ निर्विरोध भएको र खुल्ला ३ जना सचिवको लागि जापानबाट अजिव (ओम) गुरुङ, बेलायतबाट रामशरण सिम्खडा, अमेरिकाबाट शंकर खड्का, क्यानडाबाट चिरञ्जीवी घिमिरे र अष्ट्रेलियाबाट अभिमानसिंह बस्नेतले उमेद्वारी दर्ता गराएका छ।
कोषाध्यक्षमा नेदरल्याण्डबाट फडिन्द्र पन्त र बेल्जियमबाट लोकप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई र दक्षिण कोरियाबाट यज्ञराज सुवेदी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी निर्बिरोध निर्वाचित हुनेमा महिला संयोजक संगीता मरहठ्ठा, युवा संयोजक रविन्द्र खड्का, क्षेत्रीय संयोजकमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोषकुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा रहेका छन्।
ओसेनिया क्षेत्रीय संयोजकका लागि लालबहादुर केसी, दिनेशराज जोशी र दीपक शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । युरोप उपसंयोजकमा ललितकुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्रबहादुर सुवेदीलाइ पनि निर्बिरोध निर्वाचित हुने सौभाग्य मिलेको छ ।
एसिया प्यासेफिकमा दधीवल खड्का, नवीन विक र हरिप्रसाद भट्टराईबीच निर्वाचन हुने भएको छ । यस्तै अमेरिकामा अभिमन्यु बस्नेत, पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजकका लागि लालप्रसाद पुन, अमित राई, कृष्णबहादुर हमालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
अफ्रिका उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा लागि अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । सबै महिला संयोजक निर्विरोध क्षेत्रीय महिला संयोजकमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासेफिक, उषाकिरण बरियाले ओसेनिया संयोजकमा उम्मेदवारी दिएका छन् ।
उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज, डा. इन्दिरा तिवारी एसिया प्यासेफिक उपसंयोजकमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ – युरोप, स्वराज खाती– क्षेत्रीय युवा संयोजक, दिपकप्रसाद कंडेल एसिया प्यासेफिक, रोजनराज घिमिरे – अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




