जापान जाने प्रतिक्षामा बाटो हेरेर बसेको आज ठ्याक्कै १७ महिना भएछ । हातमा सिओई आएको दिन, अब जापान जान पाईने भईयो भनेर यति खुसी भईयो कि त्यति खुसी त एसएलसीमा डिस्टिङ्सन ल्याउँदा नि भएको थिइनँ ।

कोरोनाका कारण समस्या छ, तत्काल जान पाईरहेका छैनन् भन्ने थाह थियो । र पनि यो पर्खाई यति लामो होला भन्ने कल्पना गरेको थिईनँ । प्रतिक्षा पनि कति अत्यास लाग्दो हुँदो रहेछ भन्ने आफैले भोगेपछि थाह पाईयो । जापान जान पाईएन, यो परिस्थितिको कुरा हो तर त्यो परिस्थिति पनि मेरै पालोमा पर्नुपर्ने ? पहिले/पहिले आफ्ना साथीहरु सबै कुनै समस्या नभई गएको देश म जाने बेलामा यस्तो हुनु सायद मेरो भाग्य मै यस्तै रहेछ ।

मन बुझाउने ठाउँ नभएपनि बुझाउनुको अर्को बिकल्प थिएन र अझै छैन । लामो प्रतिक्षा पनि अघिल्लो वर्ष नोभेम्बरमा जापानले ईन्ट्रीद दियो । त्यसपछि फेरि मरेको आशा पनि पलाएर आयो । हत्तार हत्तार ऋणसिन खोजेर कलेजको फि पनि बुझाईयो, जापान जाने सपिङ् पनि गरियो । तर बिडम्बना फेरि मैले नै जाने बेलामा ३० नोभेम्बरबाट एक्कासी बन्द गरिदियो । मेरो दोस्रो पटकको खुसी पनि एक साताकै बिचमा तुहियो । फेरि अर्को पटक मेरो संसारमा अन्धाकार छायो ।

पहिलो पटक त जान पाईएन भन्ने मात्र थियो, अब त झन कलेज फि र सपिङमा खर्च भएको पैसाको समेत प्रेसर बढ्न थाल्यो । र पनि पर्ख र हेरको अर्को बिकल्प थिएन । त्यसैले हरेक दिन जापानका खबरहरुमा आँखा डुलायो, निरास भई टोलायो यो भन्दा अर्को कुनै अप्सन नै भएन । यो बिचमा जापानबाट प्रकाशित हुने हरेक नेपाली समाचारहरु हेरियो, तर जति समाचार हेर्यो उति पिडा, हरेकले आआफ्नै बिचार लेखिरहेका जस्ता लाग्ने आफुलाई जापान पुन खुलेको भन्दा बाहेक हेर्ने मन छैन तर समाचारमा खुल्ने कुनै कुरै आउँदैन !

जापान बन्द नै भएको अवस्था पनि केहि न्युज पोर्टल भनिनेहरुले टिकटकमा लाईव गरि गरि ईनोसनल व्लाकमेल गरिरहे । केहि ट्राभल एजेन्सी भनौँदाहरुले टिकट/टिकट भन्दा फ्रस्टेसन थपिरहे। आफु त समयले ठगेको मान्छे सहनुको बिकल्प के थियो र सहिरहेँ ।

अहिले फेरि यो मार्चबाट जापानले न्यु ईन्ट्री दिने भन्ने समाचार आयो, तर यो पटक पहिले जति उत्साहीत थिईँन कारण मेरो खुसी लामो समय टिक्दैन । त्यसैले कुनै जाँगर बिनानै आवश्यक प्रयासहरु गरिरहेको छु। कलेजको फि त पहिले नै हालिसकेको थिएँ अहिले टेन्सन छैन तर सपिङ् पहिला जाडो महिनाको टार्गेट गरेर गरेको थिएँ अव गर्मि महिनाको लागि गर्नुछ । तर मेरो बिडम्बना अहिले पनि मलाई VFS ले जान देला जस्तो छैन । सबै पैसा तिरेर काम गरेँ गराए भन्छन् । आफु जान्छु हेर्छु, कहिँ त्यस्तो ठाउँ र पहुँच पनि भेट्दिन । कन्सल्टेन्सीलाई भनौँ बिचरो त्यसका संचालक नै मैले हेरेको समाचारको आधारमा चलिराछन् , २/४ वर्ष अघि जापानमा ओभर काम भएर भिसा नदिएपछि नेपाल आएर कन्सल्टेंसी खोलेका रे, न उनको भाषा नै राम्रो छ न पहुँच नै । मान्छेलाई समयले यस्तरी पनि ठग्दो रहेछ । थाह छैन यहि पारा हो भने यस पटक पना जापान पुग्दिन होला ।

( यो बन्दनाको सामजिक संजालबाट लिईएको हो)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार