टोकियो/जापान ।जापानको टोकियो बस्ने एक ८० वर्षिय वृद्धलाई उनको छोराको अभियनय गरि ३ करोड ६० लाख येन मुल्य बराबरको सुन ठगी गरेको अभियोगमा एक जना ३५ वर्षिय जापानी नागरिक पक्राउ परेका छन् ।

जापानमा वर्षौँ अघिदेखि रहँदै आएको ठगी- ओरेओरे सागी(आफन्त जस्तै बनेर फोन गरि, वृद्ध/वृद्धाहरुलाई ठगि गर्ने ) गरि उक्त मानिसले सुनको ५ वटा बार लगेको बताईएको छ । प्रहरीका अनुसार ति ठगले उनको छोरा जस्तै बनेर फोन गरि, उनलाई तत्काल आवश्यक परेको व्यहोरा बताई,उनको घर नजिकैको सडकमा भेटि सो सुन ठगी गरेको हो। ।

यसरी, टोकियो निवासी ८० वर्षिया वृद्धलाई ठगिको अभियोगमा पक्राउ पर्नेमा खानागावा प्रान्तको चिगासाकी सहरमा बस्ने स्वरोजगार ३५ मिचुहासी आकिहिरो रहेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार अघिल्लो वर्षको डिसेम्बरमा, टोकियोको सिनागावा वार्डमा बस्ने ८० वर्षिया वृद्धलाई उनको छोराको जस्तै अभिनय गरि फोन गरेर, आफुले आफ्नो कार्यलयको महत्वपुर्ण कागजातहरु हराएको र तत्काल कम्पनीलाई जरिवाना स्वरुप ठूलो मात्रामा पैसा बुझाउनुपर्ने भएको व्यहोरा बताएर,उक्त वृद्धबाट ३ करोड ६० लाख येन पर्ने सुनका ५ वटा टुक्रा ठगि गरेको आशंका गरिएको छ ।

पछि ति वृद्धाले आफ्नै छोरालाई भेटेपछि आफु ठगिमा परेको कुरा थाह भयो र प्रहरीकोमा उजुरी दिन पुगिन् । सिसि टिभि क्यामेरा फुटेजका आधारमा अभियोगीलाई महानगर प्रहरीले अहिले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार