धादिङ । धादिङ जिल्लाको उत्तरीभेगका विभिन्न क्षेत्रहरुमा बढ्दो भुस्याहा कुकुरहरुको संख्या न्युनिकरणका लागि तिनीहरुको बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ ।

हरेक वर्ष संख्या बढिरहेका भुस्याह कुकुरहरुका कारण स्थानीयहरुको जनजीवनै प्राभावित पार्ने अवस्था सिर्जना भएकाले ति कुकुरहरुको संख्या घटाउनेतर्फ स्थानीय युवाहरुको चासो बढेको हो । उनिहरुले विभिन्न निकायहरुको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालीका विभिन्न स्थानहरु भुस्याहा कुकुर भ्यासेक्टोमी कार्यक्रम संचान गरेका हुन् ।

टारीबेसी देखि लपाङ्गसम्मका विभिन्न स्थानहरुमा संचालित कुकुर बन्ध्याकरण कार्यक्रमम् करिब १ सय वटा  भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गराउने योजना अनुरुप अहिले काम भईरहेको यस अभियानमा आर्थिक सहयोग गर्दै आएका जापानमा स्थापित व्यवसायीकारुपमा परिचित चौतारो ग्रुपका संचालक केशव अधिकारीले नेपालन्युजपोस्टलाई जानकारी गराए ।

अधिकारीका अनुसार आफ्नो पुर्ख्यौली थलोमा जाँदा अत्यधिक धेरै भुस्याहा कुकुरहरु बढेको र त्यसका कारण सडक दुर्घटना तथा कुकुरका टोकाईका घटनाहरु बढेको देखेपछि  सम्भावित ठूला दुर्घटनाहरु न्युनिकरणका लागि उनले यो अभियान  सुरु गरेका हुन्। हालसम्म २ लाख रुपैँया भन्दा बढी खर्च भईसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार