काठमाडौं । हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ ।
२०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ ।निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् । प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ । काठ पनि कुहिन थालेको स्थानीय मारसिंह गुरुङ बताउछन् ।
‘बरन्डामा पानीले भिजेर फलामका खम्बा सबै खाइ (खिया) लागेको छ । काठ पनि पानीले भिजेर कुहिन थालेको छ,’ उनले भने, ‘न ती खम्बामा प्राइमर (खिया र पानीबाट बचाउने रङको पहिलो पत्र) लगाइदिनुभयो, न त हामीलाई नै लगाउन भन्नुभयो । त्यो नहुँदा एक वर्षमै घर काम नलाग्ने भइसके ।’
कुल ५७३ घरमध्ये करिब आधाजसोमा काठको खम्बा हालिएको छ भने आधा घरमा फलाम प्रयोग गरिएको छ । सम्झौताअनुसार काठ उपलब्ध नभएपछि बाँकी घरमा फलाम प्रयोग गरिएको वडाध्यक्ष राज गुरुङले बताए । ग्रामीण भेगका भुइँघरमा पनि प्लास्टिकका झ्याल–ढोका राखिदिँदा स्थानीयवासीले दुःख पाएका छन् । कतिपयले फेरेर काठका झ्याल–ढोका हालेका छन्, नसक्नेलाई चोरको डर छ ।
‘राति सुत्दा पनि झ्याल–ढोका फोडेर चोर आउँछ कि भनेर डर लाग्छ,’ घर नम्बर एल–३७ की रीतिमाया गुरुङले भनिन्। जस्ता पनि कमसल रहेको उनको अनुभव छ । ‘कसैले एउटा सानो ढुङ्गाले हान्यो भने पनि फुट्ने रैछ,’’ उनले भनिन्, ‘फलाम खिया लाइसक्यो । राम्रो भए पनि नभए पनि यहीँ बस्नुप¥यो । अन्त जाउँ ठाउँ छैन ।’
अधिकांशले पुरानै ठाउँमा आफैँले घर बनाएका छन् । लाप्राकको पुरानो गाउँमा घर बनाउन नसक्ने र जग्गा–जमिन नभएका करिब २० घरपरिवार मात्र अहिले नयाँ बस्तीमा सरेका छन् । तीमध्ये पनि स्थायी रूपले बस्ने १२÷१३ घरभन्दा बढी नरहेको उनले बताइन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




