टोकियो/जापान । गैरआवसीय नेपाली संघ( एनआरएनए) जापानले प्रथम एनआरएनए रनिङ कप २०२२ आयोजना गर्ने भएको छ ।

आयोजक संस्था – एनआरएनए जापानका अनुसार प्रतियोगिता आगामी मे महिनाको २९ तारिख जापानको टोकियो फुजीमोरी फुट्सल पार्कमा आयोजना हुनेछ ।प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिईने आयोजकले जनाएको छ ।

त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख ५० हजार र कप, तेस्रो हुने। टिमलाई ७० हजार येन र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए जापान युवा संयोजक राकेश रुम्बाले जानकारी दिए । एनआरएनए जापानको ईतिहासमै संस्थागतरुपमा आयोजित पहिलो फुट्सल प्रतियोगिता भएको हुँदा कार्यक्रमलाई विभिन्न मध्यमबाट सबैको सहयोग रहने अपेक्षा गरिएको छ ।

जापान भरका खेलप्रेमीहरुलाई समेट्दै आयोजना गरिन लागिएको प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा झण्डै ३० टिमहरूको सहभागिता हुने आयोजकको अनुमान रहेको छ । एनआरएनए खेलकुद संयोजक नमस्ते गुरुङका अनुसार प्रतियोगितामा सहभागी हुनको लागि ३६ हजार येन दर्ता शुल्क लाग्नेछ। साथै उत्कृष्ट बिधालाई विशेष पुरस्कारको व्यवस्था पनि रहेको छ ।

प्रतियोगिता एनआरएनए जापानको आयोजना तथा क्षेत्रीय कमिटि कान्तो संगै ११ वटै क्षेत्रिय कमिटिहरुको सहआयोजनामा हुने बताईएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार